उच्च अदालत सुर्खेत : ६४.८४ प्रतिशत मुद्दा फछ्र्योट !

सुर्खेत । उच्च अदालत सुर्खेतमा दर्ता भएका मुद्दामध्ये अधिकाँश मुद्दाहरु फछ्र्योट गरिएको अदालतले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को यो समयमा पनि गत आवका ६४.८४ प्रतिशत मुद्दाहरु फछ्र्योट गरेको हो ।

गत आवमा र अघिल्ला दुई आर्थिकम बर्षका फछ्र्योट हुन बाँकी ७३३ थान मुद्दामध्ये ४६८ अर्थात् ६३.८४ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् भने २६५ थान मुद्दा बाँकी रहेका छन् । अदालतका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा २७२ थान मुद्दा फछ्र्योट हुन बाँकी थिए । ०७७÷०७८ मा ३९१ थान मुद्दा जम्मा भएका थिए ।
उच्च अदालतका उप–रजिष्ट्रार सरोजनिधि वाग्लेलेका अनुसार आव ०७५÷०७६ मा ५७७ थान मुद्दा दर्ता भएका ४७९ थान फैसला भईसकेका थिए भने ९९ बाँकी रहेका थिए । ०७६÷०७७ मा ६१४ वटा मुद्दा दर्ता भएका थिए ।

जसममध्ये ३२१ थान मुद्दा किनारा लगाईएको थियो भने २९३ थान बाँकी थिए । गत आवमा ७३३ मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ४६८ को फैसला भईसकेको छ भने २६५ बाँकी रहेका छन् । प्रत्येक बर्ष अदालतमा मुद्दा दर्ता हुने संख्यामा वृद्धी भएको देखिन्छ । वाग्लेले गत आवमा फैसला भएका मुद्दामध्ये अघिल्लो आर्थिक बर्ष (०७६÷७७) फैसला हुन बाँकी रहेका २४५ र गत आवमा दर्ता भएका २२३ थान मुद्दाको फैसला भएको बताए ।

अब अदालतमा बाँकी रहेका मध्ये ६ महिना भित्रको १४१, ६–१२ महिना भित्रको ७६, १२ महिना–१८ महिना भित्रको ३५ र त्यो भन्दा माथि २ बर्ष भित्रको १३ थान मुद्दाहरु फैसला हुन सकिरहेका छैनन् । २ बर्षको अवधि नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको वाग्ले बताउँछन् । जिल्ला अदालतका न्यायधीस राजेन्द्र खरेलले विगतकोभन्दा न्याय प्रणाली सरल, सहज र प्रभावकारी भएको बताए ।

संविधानले तय गरेको कानुन बमोजिम कारवाही गर्ने निकायका व्यक्ति भएकोले विपन्न समुदायलाई पनि सहज रुपमा न्यायको पहुँचमा पु¥याउन न्यायाधीसँग जनता कार्यक्रमलाई अझै प्रभावकारी बनाउने लक्ष्य छ,’ उनले भने ।

उच्च अदालत सुर्खेत : ६४.८४ प्रतिशत मुद्दा फछ्र्योट !

YUGAAWHAN NATIONAL DAILY (2078-04-05)

उच्च अदालत सुर्खेत : ६४.८४ प्रतिशत मुद्दा फछ्र्योट !

के हो पेगासस ? कसरी गरिन्छ फोन

Leave a comment

Your email address will not be published. Required fields are marked *