कोरोनाको कारण रोखिएको महोत्सव एक बर्षपछि पुनः सञ्चालन हुने

डिल्लीबहादुर खत्री
चौरजहारी । कोरोनाको महामारीले रोखिएको बृहत चौरजहारी साँस्कृतिक महोत्सव १ बर्षपछि पुनः सञ्चालन हुने भएको छ ।
अघिल्लो बर्षमा चैतमा सञ्चालन हुने भनेको महोत्सव कोरोनाले सञ्चालन हुन नदिएपछि कोरोनाको महामारी कम भएसँगै पुनः सञ्चालन हुन लागेको हो ।
नयाँ बर्ष २०७८ लाई मध्यनजर गरेर चैत २६ गतेदेखि बैशाख ५ गतेसम्म महोत्सव सञ्चालन हुने महोत्सव मुल आयोजक समितिले बताएको छ । कृषि ,व्यापार र पर्यटन विकासको लक्ष्य लिएको महोत्सवको उदेश्य भने उद्योग वाणिज्य संघको भवन बनाउने रहेको छ ।
महोत्सव अवधिभर भेरी नदिमा र्याफ्टिङ सञ्चालन गर्ने , चौरजहारीका पर्यटकीय स्थलहरुको अवलोकन गर्न मिल्ने महोत्सव मुल आयोजक समिति संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम सुनारले बताएका छन् ।
आज पत्रकार सम्मेलन गरेर महोत्सवको बारेमा जानकारी दिदै अध्यक्ष सुनारले बताएका छन् । पत्रकार सम्मेलनमा महोत्सवको आकर्षणको बिषयमा उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष यदुकुमार आचार्यले जानकारी गराएका थिए भने यहाँको कला संस्कृति र महोत्सवमा कस्ताकस्ता कलाकार ल्याउने भन्ने बिषयमा सांस्कृतिक संयोजक एल। बि । कटुवालले जानकारी गराएका थिए ।






