ओलीले बाेलाएका कुनै पनि बैठकमा सहभागी नहुन माधव नेपालकाे आग्रह

काठमाडाैँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी दुवै बैठकमा माधवकुमार नेपाल समूहले सहभागिता नजनाउने निश्चित भएको छ।

बैठक जुनसुकै स्थानमा भए पनि सहभागिता नजनाउने गरी नेता नेपालका तर्फबाट आग्रह गरिएकाे स्रोतले बताएको छ ।

ओलीले शनिबार बिहान ११ बजे संसदीय दलको बैठक र त्यसपछि केन्द्रीय कमिटी बैठक निर्धारण गरेका छन् ।

सर्वोच्च अदालतको आदेशविपरीत आफूहरुलाई ‘बाइपास’ गरी फागुन २८ गते गरेका निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएका बैठकहरुमा सहभागी नहुन नेपालले निर्देशन हुन् ।

स्रोतका अनुसार नेता नेपालले एकतर्फी निर्णय नसच्चिएसम्म शनिबार ओलीले बोलाएका बैठकहरुमा सहभागी नहुन आफू पक्षीय सांसद र केन्द्रीय सदस्यलाई शुक्रबार नै निर्देशन दिएका थिए ।

ओलीले बाेलाएका कुनै पनि बैठकमा सहभागी नहुन माधव नेपालकाे आग्रह

सात करोडको लगानीमा जाजरकोटमा प्रशोधन केन्द्र बन्दै

ओलीले बाेलाएका कुनै पनि बैठकमा सहभागी नहुन माधव नेपालकाे आग्रह

कोरोनाको कारण रोखिएको महोत्सव एक बर्षपछि पुनः

Leave a comment

Your email address will not be published. Required fields are marked *