रुकुममा लडेर वडा सदस्यको मृत्यु

रुकुम पूर्व : सिस्ने गाउँपालिका–२ का वडा सदस्य धनबहादुर पुनको मृत्यु भएको छ । छिपखोलास्थित घरबाट रुकुमकोट आउँदै गर्दा वडा नं ४ को फारुलाको बाटोमा लडेका ४४ वर्षीय पुनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

बिहीबार बिहान कामको शिलशिलामा गाउँपालिकाको केन्द्र रुकुमकोट आउने क्रममा लडेका पुनको थप उपचारका लागि नेपालगञ्ज लैजादैँ गर्दा शुक्रबार त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मृत्यु भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।

जिल्ला अस्पताल रुकुमकोटमा सामान्य उपचारपछि पुनलाई थप उपचारका लागि नेपालगञ्ज लैजान लागिएको थियो । मृतक पुनको शुक्रबारैै छिपतरास्थित सानीभेरी नदी किनारमा अन्त्येष्टि गरिएको छ । मृतक पुनका श्रीमती र एक छोरा छन् ।

रुकुममा लडेर वडा सदस्यको मृत्यु

उत्पादन बढाउन सुर्खेतमा ‘जलबायुमैत्री’ खेति

रुकुममा लडेर वडा सदस्यको मृत्यु

नेदरल्याण्ड्समा आजदेखि लकडाउन‚ लण्डनमा तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *