चितवनमा दुई गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन्। ती मध्ये एउटा बूढो र अर्को केटा छन्।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरानजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो। उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए।

यसैगरी, अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैँडा मृतावस्थामा फेला परेको छ। नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैँडा भेटिएको हो।

ती गैँडाको खाग र खुर सुरक्षित रहेको जनाउँदै उनले दुवै प्राकृतिक कारणले मरेको बताए।

गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी र शिकारले निकुञ्जमा ३२ र अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए।

चितवनमा दुई गैँडा मृत फेला

एमालेमा कार्यदलको सहमति कार्यान्वयन‚ १४औं बैठक दशौंमा

चितवनमा दुई गैँडा मृत फेला

सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था हामीले गरेका

Leave a comment

Your email address will not be published. Required fields are marked *