शिवोपासनामा मग्‍न भक्तजन

काठमाडौं । साउने सोमबारलाई हिन्दू धर्मावलम्बीहरूले वर्षकै पवित्र दिनको रूपमा लिन्छन्‌।

साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ।

महिलाहरू हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा-आराधना गरी व्रत बस्ने गर्छन्। साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ।

ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यस दिनलाई शिवोपासना विशेष मानिन्छ।

साउन महिनाको सोमबारका दिन गरिने शिवको व्रत तथा पूजा विशेष फलदायी हुने विश्वास छ। यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एवम्‌ विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ।

हस्ता नक्षत्रयुक्त सोमबारे व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।

 

शिवोपासनामा मग्‍न भक्तजन

बजेट खर्चमा सुधार

शिवोपासनामा मग्‍न भक्तजन

एमालेमा कार्यदलको सहमति कार्यान्वयन‚ १४औं बैठक दशौंमा

Leave a comment

Your email address will not be published. Required fields are marked *