ओलीलाई पम्फा भुसालको प्रश्न : अझै जिताहा शासकजस्तो हिँड्न मिल्छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेकी छन् ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि प्रधानमन्त्रीले नैतिकता देखाउने अपेक्षा गरे पनि प्रधानमन्त्रीले मिचाहा प्रवृत्ति देखाएको उनले बताइन् ।

‘११ गतेको फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिनेछ भन्ने अपेक्षा थियो’ उनले शुक्रबार प्रतिनिधिसभाको बैठकमा भनिन् ‘अहिले पनि जिताहा शासकजस्तो गरेर हिँड्ने कुराले आम नागरिकमा के पर्छ होला ?’

उनले अघि भनिन् ‘यस्ता अनैतिक जिम्मेवारी नलिने, आत्मसमीक्षा नगर्ने मान्छेका कारणले राजनीति बदनाम छ । मान्छेहरुले राजनीति भनेपछि फट्याईँ नै हो भन्ने ठानेका छन् ।’

नेतृ भुसालले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने नेतालाई आत्मसमीक्षा गर्न पनि आग्रह गरिन् ।

ओली नेतृत्वकै सरकारका तत्कालिन कानुनमन्त्रीले सार्वजनिक कार्यक्रममा बोल्दा एउटा शब्द गलत प्रयोग गरेको आधारमा राजीनामा दिएको र तत्कालिन सञ्चारमन्त्रीले कमिसनसम्बन्धी अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिएको स्मरण गर्दै उनले सोधिन् ‘प्रधानमन्त्रीले चाहिँ नैतिकता देखाउनुपर्दैन ?’

ओलीलाई पम्फा भुसालको प्रश्न : अझै जिताहा शासकजस्तो हिँड्न मिल्छ ?

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको

ओलीलाई पम्फा भुसालको प्रश्न : अझै जिताहा शासकजस्तो हिँड्न मिल्छ ?

अधिवक्ता रमेश बडाल बने नयाँ महान्यायाधिवक्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *