अधिवक्ता रमेश बडाल बने नयाँ महान्यायाधिवक्ता

काठमाडौँ । राष्ट्रपतिले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गरेकी छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले अधिवक्ता बडाललाई रिक्त रहेको पदमा नियुक्त गरेकी हुन् ।
प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई सक्रिय साथ दिएका बडाल श्रम मुद्दामा विज्ञ मानिन्छन् ।






