निर्वाचन आयोगमा जेलियो नेकपा विवाद

काठमाडौं, ७फागुन ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद छिलुंग्याउन निर्वाचन आयोगलाई ‘सकस’ परेको छ । निर्वाचन आयोगमा नेकपा ओली समूह र प्रचण्ड–माधव दुवै पक्षले आधिकारिकता दावी गरेपछि आयोग सकसमा परेको हो । सरकारले निर्वाचन घोषणा गरिसकेको र निर्वाचन प्रक्रिया तीव्र पार्न दवाव दिइरहेको अवस्थामा आयोगले दल विवादबारे निर्णय गर्न नसक्दा आयोगको आलोचना समेत हुँदै आएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली स्वयं आयोगको केन्द्रीय कार्यालय पुगेर निर्वाचन प्रक्रिया तीव्र पार्न भनेका थिए । 

प्रधानमन्त्रीले सुझावका रुपमा आयोगलाई यस्तो भनेपनि निर्वाचन चिन्ह र नेकपाको वैधानिकता कसलाई र कुन आधारमा दिने भन्नेमा आयोगले निर्णय गर्न सकेको छैन । सामान्यतया दल ऐनअनुसार बहुमत पक्षलाई आधिकारिकता दिनुपर्ने भएपनि आयोगले त्यसलाई बेवास्ता गर्दै ढिलाई गर्दै आएको छ । सरकारको निर्वाचन मिति घोषणाअनुसार अब अढाई महिना पनि समय छैन ।

यस्तो बेलामा आयोगलाई निर्वाचन आचारसंहिता जारी गर्न सरकारी पक्षले दवाव दिइरहेको छ । आयोग उच्च स्रोत भन्छ, ‘नेकपाको विवाद निकै जेलिएको छ । निर्वाचन आचारसंहिता र दलको आधिकारिकताबारे आयोगले एकैपटक निर्णय गर्छ ।’ स्रोतका अनुसार यी विषयमा आयोगले विभिन्न कोणबाट छलफल गरिरहेको छ । जसमा नेकपामा विवादको जड रहेको सूर्य चिन्ह फ्रिज गर्ने विषयमा समेत छलफल भइरहेको छ । ‘सूर्य चिन्हबारे विभिन्न कोणबाट छलफल भइरहेको छ ।

त्यो भनेको सूर्य चिन्ह फ्रिज गर्ने र दुवै पक्षलाई अर्को चुनाव चिन्ह दिने पनि एक विकल्पका रुपमा छलफल भएको छ । यो लगायत कोणबाट पनि छलफल भइरहेकाले यसै हुन्छ भन्न सकिन्न’, आयोग उच्च स्रोतले रातोपार्टीलाई भन्यो, ‘अबको एक दुई दिनभित्रै आयोग टुंगोमा पुग्छ

निर्वाचन आयोगमा जेलियो नेकपा विवाद

कर्णालीले माग्यो थप २४ हजार डोज

निर्वाचन आयोगमा जेलियो नेकपा विवाद

निजीमा काम गर्ने डाक्टरको सुविधा बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *