कर्णालीले माग्यो थप २४ हजार डोज

सुर्खेत, ६ फागुन ।

कर्णाली प्रदेशले थप साढे २४ हजार कोरोना माग गरेको छ । दोस्रो चरणको खोप अभियाना सफल बनाउनेअ२४ हजार पाँचसय ३० डोज खोप माग गरिएको हो । जसमध्ये १२ हजार डोज खोप आज (बुधबार) नै नेपालगञ्ज र सुर्खेत आइपुग्ने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । 

दोस्रो चरणमा झण्डै २५ हजारलाई खोप लगाउने लक्ष्य राखेका छौँ’ निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक प्रमुख बशन्तमान श्रेष्ठले भने, ।।।सोही अनुसार केन्द्रबाट थप खोप माग गरिएको छ ।’ माग गरिएको मध्ये संघीय सरकारले तत्कालका लागि १२ हजार डोज मंगलबार नै प्रदेशका लागि पठाइ सकेको छ । उक्त खोप बुधबार नेपालगञ्ज आइपुग्ने छ । कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला र मुगुमा पठाउने खोपहरु नेपालगञ्जमै राखिने छ ।

हिमाली जिल्लामा पठाउने खोपहरु नेपागञ्जबाटै ढुवानी गर्छाैँ’ अधिकृत श्रेष्ठले भने, ।।।डोल्पा, हुम्ला, जुम्ला र मुगुमा जहाजबाट खोप पुग्छ ।’ सुर्खेतमा स्टोरको अभाव र सिधा हवाई सेवाको सुविधा नभएका कारण नेपालगञ्जबाटै खोप ढुवानी गरिदै आएको छ । हिमाली जिल्लाका लागि पहिलो चरणको खोप पनि नेपालगञ्जबाटै ढुवानी गरिएको थियो । तर जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत, देलेख र कालीकोटका लागि भने गाडीबाट ढुवानी गरिने छ ।

दोस्रो चरणमा डोल्पामा एकहजार दुईसय ७० जना, मुगुमा नौसय ७० जना, हुम्लामा एक हजार आठसय ९२ जना, जुम्लामा एकहजार ६ सय १७ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । त्यस्तै कालीकोटमा दुईहजार तीनसय तीनजना, दैलेखमा तीनहजार ७८ जना, जाजरकोटमा एकहजार आठसय ६० जना, रुकुमपश्चिममा एकहजार नौसय ९२ जना, सल्यानमा दुई हजार चारसय ३२ जना र सुर्खेतमा सातहजार एकसय १६ जनालाई खोप दिने लक्ष्य राखिएको श्रेष्ठले जानकारी दिए ।

एकैदिन १८ सयले लगाए खोप
यसैबीच कर्णाली प्रदेशका नौ जिल्लामा कोरोना सब्क्रमण मुक्त भएका छन् । सुर्खेत बाहेक अन्य ९ जिल्लामा कोरोना सब्क्रमण मुक्त भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सोमबारसम्म दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पामा संक्रमण मुक्त भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए । सुर्खेतमा भने अझै २७ जना कोरोना संक्रमित छन् । सब्क्रमितमध्ये प्रदेश अस्पतालमा ३ जना र होमआइसोलेशनमा २४ जना छन् ।

नौ जिल्ला संक्रमणमुक्त
यसैबीच कर्णाली प्रदेशका नौ जिल्लामा कोरोना सब्क्रमण मुक्त भएका छन् । सुर्खेत बाहेक अन्य ९ जिल्लामा कोरोना सब्क्रमण मुक्त भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।सोमबारसम्म दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पामा संक्रमण मुक्त भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए ।

सुर्खेतमा भने अझै २७ जना कोरोना संक्रमित छन् । सब्क्रमितमध्ये प्रदेश अस्पतालमा ३ जना र होमआइसोलेशनमा २४ जना छन् । हालसम्म कर्णाली प्रदेशमा ९७ हजार तीनसय३४ जनाको पिसिआर परीक्षण गर्दा सातहजार पाँचसय ४५ जना संक्रमण भएका हुन् । संक्रमित हुनेहरुमा सुर्खेतका तीनहजार दुई ५६ जना, दैलेखमा एकहजार ६ सय ८४ जना, सल्यानमा ६ सय ९३ जना, जुम्लामा चारसय १६ जना र कालीकोटमा तीनसय ३२ जना छन् ।

यस्तै रुकुम पश्चिममा दुइसय ५७ जना, जाजरकोटमा एकसय ५९ जना, हुम्लामा ६१ जना, डोल्पामा ४४ जना र मुगुमा ४१ जनामा सब्क्रमित रहेका छन् । कुल संक्रमित मध्ये ७ हजार ३४२ जना संक्रमण मुक्त भइसकेकाछन् ।

हालसम्म कोरोनाबाट कर्णालीमा संख्या ३१ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुर्खेतका सवैभन्दा अर्थात १७ जना, दैलेखका सातजना, सल्यान, रुकुम पश्चिम, कालीकोट र डोल्पाका एक÷एक जना तथा बाँकेका दुई र स्याब्जाका एक जनाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृतकमध्ये २२ जना पुरुष, नौ जना महिला हुन् ।

कर्णालीले माग्यो थप २४ हजार डोज

अपराध मुगुमा, जेल जुम्ला र बर्दियामा

कर्णालीले माग्यो थप २४ हजार डोज

निर्वाचन आयोगमा जेलियो नेकपा विवाद

Leave a comment

Your email address will not be published. Required fields are marked *