२०८३ जेष्ठ ३० गते
×

Now Playing

वीरेन्द्रनगरका ६४ विद्यालयलाई ल्यापटप वितरण

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पालिकाभित्र रहेका करिब ६४ वटा विद्यालयलाई ल्यापटप वितरण गरेको छ। नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई प्रतिविद्यालय एक-एक वटाको दरले ६४ वटा ल्यापटप वितरण गरिएको हो।

नगरपालिका उपप्रमुख मोहनमाया ढकालले कोभिड–१९ को कारण शिक्षा क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिनको लागि ल्यापटप वितरण गरिएको बताइन्।

महामारीका रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियान्टले गर्दा शिक्षा क्षेत्रमा ठूलो असर पारेको हुँदा शिक्षा क्षेत्रलाई केही माथि उठाउनको लागि वीरेन्द्रनगरका प्रत्येक ६४ वटा विद्यालयललाई ल्यापटप सहयोग गरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ।

यस कार्यक्रमले शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ। साथै आगामी दिनमा यस कार्यलाई निरन्तरता दिइने नगरपालिकाको योजना रहेको छ।

वीरेन्द्रनगरका ६४ विद्यालयलाई ल्यापटप वितरण

आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा

वीरेन्द्रनगरका ६४ विद्यालयलाई ल्यापटप वितरण

भूमि आयोग खारेजविरुद्ध ५३ हजार बढी हस्ताक्षर

Leave a comment

Your email address will not be published. Required fields are marked *