आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसमा यहीं भदौ ४ गते आझ सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको जानकारी अनुसार आज प्रदेशमा रहेका सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तिय संस्थाहरू पुर्ण रूपमा बन्द रहने बताइएको छ ।

मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले मन्त्रालयले एक सूचना जारी गँदै यहीँ भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा हुने बताएका हुन् । उनले भने, ‘कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा कर्णालीका चार जनाको ज्यान गएको थियो’, ‘उनीहरूको सम्झनामा हरेक वर्ष कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहिद दिवस मनाउने गदैँ आएको छ ।’

यस्तै, कर्णाली सरकारले यसवर्ष कृष्ण अष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक बिदा दिएको छ ।

आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा

सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून

आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा

वीरेन्द्रनगरका ६४ विद्यालयलाई ल्यापटप वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *