सल्यानका ५० प्रतिशत घरधुरी अझै विद्युतको पहुँच बाहिर

सल्यान । सल्यानका झण्डै ५० प्रतिशत घरधुरी विद्युतको पहुँच बाहिर रहेका छन् । जिल्लालाई नै पूर्णरुपमा विद्युतिकरण गर्ने लक्ष्य सहित काम अगाडी बढाए पनि जिल्लामा भने हाल सम्म ५० प्रतिशत घरधुरी अझै विद्युतको पहुँच बाहिर रहेको नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्र खलंगाले जनाएको छ ।

प्राधिकरणका अनुसार हालसम्म जिल्लाका ४९ दशमलव ६ प्रतिशतमा बिद्युत पुगेका छ । विद्युतको पहुँच बाहिर रहेका घरधुरीहरुलाई पनि विद्युतको पहुँचमा ल्याउने उद्धेश्यका साथ धमाधम काम भैरहेको नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका सुचना अधिकारी पार्थिव राज न्यौपानेले जानकारीदिए ।

उनका अनुसार पछिल्लो समय जिल्लामा बिद्युतिकरणका लागी धमाधम रुपमा काम भैरहेको छ भने जिल्लाभर विद्युतिकरणका लागी करिब ७५ प्रतिशत संरचना निर्माण गरिएको छ । केन्द्रका अनुसार जिल्लाका दश स्थानिय तह मध्ये सबैभन्दा धेरै शारदा नगरपालिकामा बिद्युतिकरण गरिएको छ भने सबै भन्दा कम कामिमाटी गाउपालिकाका विद्युतिकरण गरिएको छ । शारदा नगरपालिकामा ८८ प्रतिशत बढी घरधुरीमा विद्युतिकरण गरिएको छ ।

यस्तै सबैभन्दा कम कालिमाटी गाउपालिकामा २१ प्रतिशत विद्युतिकरण गरिएको छ । यस्तै त्रिबेणी गाउपालिकामा ८६ प्रतिशत, छत्रेश्वरी गाउपालिका ७३ प्रतिशत, कपुरकोट गाउपालिकामा ६१ प्रतिशत विद्युतिकरण गरिएको छ । यस्तै सिद्ध कुमाख गाउपालिकामा ४७ प्रतिशत, बागचौर नगरपालिकामा ३७ प्रतिशत, बनगाड कुपिण्डे नगरपालिकामा ३० प्रतिशत, कुमाख गाउपालिकामा २५ प्रतिशत र दार्मा गाउपालिकामा २२ प्रतिशत विद्युतिकरण गरिएको छ ।

‘जिल्लामा विद्युतिकरणका लागी अहिले धमाधम रुपमा संरचना निर्माण भैरहेका छन्, केन्द्र, प्रदेश र स्थानिय तहहरुले पनि बिद्युतको लागी धेरै वजेट विनियोजन गरेका छन्, यही स्केलमा वजेट विनियोजन भएमा अबको केही बर्षमा नै पूरै जिल्ला बिद्युत्तिकरण हुन्छ’ सुचना अधिकारी न्यौपानेले भने । उहाँले बिकासका अन्य संरचना निर्माण भन्दा बिद्युतिकरण गर्न केही समय लाग्ने गरेको बताए ।

विद्युत प्राधिकरणका अनुसार जिल्लामा आर्थिक बर्ष २०७७।०७८ मा ३ हजार ४ सय ८८ नयाँ ग्राहक थपिएका छन् । यसअघि जिल्लामा १२ हजार ६ सय १७ ग्राहक रहेको थिए । अहिले बढेर १६ हजार १ सय ५ पुगेको कार्यालयले जनाएको छ । यस्तै एक बर्षको अवधिमा ४ करोड ७२ लाख १९ हजार ६ सय ८ रुपैँया राजस्व संकलन गरेको छ ।

गत आर्थिक बर्ष २०७६/०७७ मा केन्द्रले ४ करोड ३३ लाख रुपैँया राजस्व संकलन गरेको थियो । यस्तै जिल्लामा विद्युत चुहावट झण्डै १३ प्रतिशत रहेको नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ । सल्यानटुडेबाट

सल्यानका ५० प्रतिशत घरधुरी अझै विद्युतको पहुँच बाहिर

‘बेरोजगारी समस्या घटाउन प्रयासरत छौं’

सल्यानका ५० प्रतिशत घरधुरी अझै विद्युतको पहुँच बाहिर

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *