‘बेरोजगारी समस्या घटाउन प्रयासरत छौं’

जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो । संघीयतापछि गठन भएका स्थानीय सरकारले काम गर्न थालेको पनि चारबर्ष पुरा भएको छ । अब एक बर्षको अवधिमा अर्को निर्वाचन हुन्छ । त्यसैले पनि स्थानीय सरकारका लागि यो बर्ष महत्वपूर्ण बर्ष हो । यो चार बर्षको अवधिमा दैलेखको भैरवी गाउँपालिकाको वडा नम्बर ३ ले के कस्ता काम गर्यो ? जनप्रतिनिधिले जनताको बिचमा गरेका प्रतिवद्धता पुरा गरे त ? यिनै विषयमा हाम्रा सहकर्मी टेकराज केसीले दैलेखको भैरवी गाउँपालिकाको वडा नम्बर ३ का वडाअध्यक्ष देवी भण्डारीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

देवी भण्डारी
वडाध्यक्ष, भैरवी गाउँपालिका वडा नं ३, दैलेख

हिजोआज के गर्दै हुनुहुन्छ ?

विगत चार बर्षदेखि नै जनताको काममा व्यस्त छु । र हिजोआज पनि त्यही कामकै लागि म नियमित लागिरहेको छु । मेरो ध्यान नै जनताको काममा हन्छ ।

तपाईँको वडाका मुख्य समस्या के हुन् ?

मेरो वडाका मुख्य समस्या भनेको सडकको हो । सबै टोलहरुमा बाटो त पुगेको छ । तर बाह्रै महिना गाडी चल्न सक्ने अवस्थामा सडक छैनन् । अर्को भनेको शिक्षा स्वास्थ्यको पनि समस्या नै छ । शिक्षामा गत दुई बर्षदेखि विश्वभर फैलिएको कोरोना महामारीले समस्या बनाइरहेको छ ।

यसको समाधानको लागि केही प्रयास पनि नभएका होइनन् । तथापी यसले ठुलो समस्या निम्तिएको छ । सँगै स्वास्थ्य क्षेत्रमा हामीले सबै वडाभरका जनताको पहुँचमा पुग्नेगरी काम त गरेका छौं । तर गुणस्तरिय सेवा दिन अझै पनि सकिरहेको अवस्था छैन । बेरोजगारी समस्या पनि उत्तिकै छ । यी विविध समस्याहरुलाई समाधान गर्नुपर्छ भनेर हामी लागिरहेको अवस्था छ ।

ति समस्या समाधानको लागि कस्ता काम गर्नु भएको छ ?

हामीले यी सबै समस्या समाधानको लागि विभिन्न योजनाहरु बनाएका छौं । जस्तै शिक्षा क्षेत्रलाई लयमा ल्याउन वैकल्पिक विधिको प्रयोग गरिरहेका छौं । भने अन्य विकल्पमा पनि हामी छलफल गरिरहेको अवस्था छ । हामीसँग भएका समस्या समाधान गर्ने भनेकै बजेटले हो ।

हामीसँग पर्याप्त बजेट छैन । पालिकामा आएको बजेट थोरै हुन्छ । अझै सबै वडामा बाँड्दा सबै समस्या समाधानको लागि लगाउँदा अझै त्यो बजेट पुग्दैन । मैले अघि भनेजस्तै समस्याको मुल समस्या बजेट नै हो । हामीले वडामा भएका सम्पूर्ण समस्याहरुको पहिचान गरेर समाधानको लागि प्रयास भने गरिरहेको अवस्था छ ।

तपाईँ निर्वाचित भइसकेपछि वडामा के परिवर्तन भयो ?

पहिलेको तुलनामा हामी निर्वाचित भएर आएपछि धेरै परिवर्तन भएको छ । विगतमा सबै टोलसम्म सडक पुगेको थिएन । अहिले सबै टोल र वस्तीमा सडक संजाल पुगेको छ । भलै ति सडकहरु १२ महिना चल्दैनन् । त्यसको सुधार पनि गर्दै जाउँला ।

नयाँ संरचनामा जाँदा वडाका भवन थिएनन् । स्वास्थ्यका भवनहरु थिएनन् । धेरै ठाउँमा खानेपानीको अभाव थियो । अहिले त्यो अभाव हटेको छ । ग्रामीण विद्युतीकरणसँगको साझेदारीमा विद्युत पुर्याउने काम पनि भइरहेको छ ।

परिवर्तन केही भएन भन्ने होइन । धेरै परिवर्तनहरु भएका छन् । तर सबै भइसके भन्ने चाँही होइन । हामीले गरेका आधारभुत विकासका कामहरुलाई आगामी दिनमा अझै विस्तार गर्दै लिन सक्नेगरी योजना पनि बनेका छन् । तर मैले भनेनी बजेटको अभावकै कारण सबै काम सोचेअनुसारले हुन गर्न सकिएको अवस्था भने छैन ।

चुनावमा गरिएका प्रतिवद्धता पुरा गर्नु भो त ?

मैले जनताको बिचमा हामीलाई विश्वास गर्नुहोस्, हामी समाजको समग्र विकासको लागि काम गर्छु भनेको थिएँ । जनताले विश्वास गरेर मलाइ यो ठाउँमा पठाएका छन् । जनताको बिचमा गरिएका ति सबै प्रतिवद्धता पुरा गर्न म रातदिन लागिरहेको छु ।

यो चार बर्षमा ति प्रतिवद्धताहरु सबै पुरा त भएका छैनन् । अधिकांश कामहरु भने भएका छन् । अझै एक बर्ष बाँकी छ । यो अवधीमा बाँकी काम पुरा गरिने छ । हामीले जनतालाई आत्मनिर्भर बनाउने भनेको थिए । त्यहीअनुसार अहिले कृषि पशुपालनमा धेरै नागरिकहरुलाई आवद्ध बनाइएको छ ।

सबै टोल वस्तीमा सडक पुर्याउने भनिएको थियो । ति कामहरु पनि पुरा भएका छन् । अब मात्र बाँकी के हो भने हामीले विकासमा गुणस्तरियता ल्याउनु हो । र वडामा रहेको बेरोजगारी समस्या हल गर्नु हो । त्यसको लागि मैले पालिकामार्फत प्रदेश र केन्द्र सरकारलाइृ पनि भनिरहेको अवस्था छ । हामी जनताको आशालाई निरासा हुन दिदैनौँ ।

गरिबी र बेरोजगारी समस्या समाधानका लागि कस्ता योजना छन् ?

तपाईँले भनेको जस्तै यो समस्या हाम्रो मात्र होइन । सबै ठाउँमा छ । भैरवी गाउँपालिका वडा नम्बर ३ को सन्दर्भमा कुरा गर्नुहुन्छ भने हामीले पालिका र वडा स्तरका विभिन्न स्वरोजगारमुलक कामहरु गरिरहेका छौं ।

तर पालिकाको बजेटले गरिबी बेरोजगारी अन्त्य हुन त सक्दैन । यसको लागि कार्यपालिका बैठकमा मैले बारम्बार कुरा उठाउने काम समेत गरेको छु । कि प्रदेश र केन्द्र सरकारले रोजगारसँग सम्बन्धित कार्यक्रमहरु ल्याएर त्यसको कार्यान्वयन पालिकालाई गर्न दिनुपर्छ । त्यही अनुसारको पहल पनि भइरहेका छन् ।

पालिकाबाट केही नभएको भने होइन, अहिले विभिन्न सीपमुलक र स्वरोजागार मुलक कृषि, पशुपालन र विभिन्न उद्यमी सम्बन्धीका तालिमहरु हामीले दिएर स्वरोजगार बनाउने कोशिष गरिरहेका छौं । तर यसले सबै गरिबी र बेरोजगारी अन्त्य गर्न सक्दैन । त्यसैले प्रदेश र केन्द्रले यस सम्बन्धिका ठुला योजना बनाउन आवश्यक छ ।

‘बेरोजगारी समस्या घटाउन प्रयासरत छौं’

YUGAAWHAN NATIONAL DAILY (2078-05-02)

‘बेरोजगारी समस्या घटाउन प्रयासरत छौं’

सल्यानका ५० प्रतिशत घरधुरी अझै विद्युतको पहुँच

Leave a comment

Your email address will not be published. Required fields are marked *