नेपाल पक्षको भेला बानेश्वरमा, वामदेव गौतमको पनि साथ

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेता नेपाल समूहका सांसदहरु भेला भएका हुन्।

नेपाल समूहका हालसम्म २४ जना सांसद खुलेको एक नेताले बताए। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २२ जना सांसदले विश्वासको मत दिएका थिए। आजको छलफलमा उपाध्यक्ष वामदेव गौतम श्रीमती तुलसा थापा सहभागी छन्।

यसअघि एमालेको स्थायी कमिटी बैठकमा उपस्थित भएका नेता गौतम ओलीको चर्को आलोचना गरेपछि बैठकमा सहभागी हुन छाडेका छन्। सरकारले नेपाल समूहलाई पार्टी विभाजन गर्न सहयोग पुग्नेगरी २० प्रतिशतमै पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याएको छ।

उपाध्यक्ष गौतम श्रीमती समेत नेपाल समूहको बैठकमा देखिएपछि पार्टी विभाजनको लागि नेता नेपाललाई साथ दिने बुझिएको छ।

नेपाल पक्षको भेला बानेश्वरमा, वामदेव गौतमको पनि साथ

कर्णाली सरकारले प्रदेश स्थापना दिवसमा सार्वजनिक विदा

नेपाल पक्षको भेला बानेश्वरमा, वामदेव गौतमको पनि साथ

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *