प्रधानमन्त्री देउवा शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठक सकेर उनी शीतल निवास पुगेका हुन् ।
उनी प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहणमा सहभागी हुन शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ ।
आजै देउवा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ ।






