युरोकपमा चेल्सी र म्यानचेस्टर युनाइटेडका खेलाडी सर्वाधिक

काठमाडाैं । जारी युरो कप २०२० मा विभन्न २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् । क्लबका हिसावले सर्वाधिक धेरै खेलाडी इंग्लिस क्बल चेल्सी र म्यानचेस्टर युनाइटेडका खेलाडी मैदानमा छन ।

दुवै टिमका समान १५-१५ खेलाडीले प्रतियोगितामा विभन्न देशबाट प्रतिनिधित्व गरिरहेका छन्। दोस्रो नम्बरमा वार्यन म्युनिखका १४ खेलाडी मैदानमा छन् ।

आफ्नो देशको लिगमा खेलेका खेलाडीमा सर्वाधिक धेरै इंग्ल्यान्डले टिममा समेटेको छ। इंग्ल्यान्डका २६ मध्ये २३ खेलाडी इंग्लिस प्रिमियर लिगमा छन्। त्यस्तै इटालीले सिरि ए खेल्ने २२ खेलाडीलाई टिममा राखेको छ ।

त्यस्तै रुसी टिमले पनि रुसमा लिग खेल्ने २२ खेलाडीलाई टिममा राखेको छ। यो मामिलामा त्यसपछि फिनल्यान्ड र स्लोभाकिया छन्। दुवै देशले घरेलु लिग खेल्ने केवल १-१ खेलाडी मात्रै टिममा राखेका छन्।

युरोकपमा चेल्सी र म्यानचेस्टर युनाइटेडका खेलाडी सर्वाधिक

सेयर बजारमा एक महिना यताकै न्युन कारोबार

Leave a comment

Your email address will not be published. Required fields are marked *