कोरोनाबाट भारतमा ७ सय ३० जना डाक्टरको मृत्यु

एजेन्सी । भारतमा दोस्रो लहरको कोरोना संक्रमणका क्रममा ७ सय ३० जना डाक्टरको मृत्यु भएको छ। इन्डियन मेडिकल एसोसिएशन आईएमएका अनुसार ठूलो संख्यामा अन्य स्वास्थ्यकर्मी प्रभावित भएका छन्।

आईएमएका अनुसार सबैभन्दा धेरै बिहारमा १ सय १५ जना डाक्टरको मृत्यु भएको छ। दिल्लीमा १ सय ९ जना डाक्टरको मृत्यु भएको छ। तथ्यांकअनुसार दोस्रो लहरमा उत्तर प्रदेशमा ७९, पश्चिम बंगालमा ६२, राजस्थानमा ४३, झारखण्डमा ३९ तथा आन्ध्र प्रदेशमा ३८ डाक्टरको मृत्यु भएको छ।

यसैबीच पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार २ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिनयता लगातार संक्रमितको संख्या घटिरहेको भारतमा पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेको हो। भारतमा अघिल्ला २ दिन ६२ हजारको हाराहारीमा संक्रमित थपिएका थिए। यस्तै पछिल्लो २४ घण्टामा भारतमा १४ सय ७० जनाको मृत्यु भएको छ ।

कोरोनाबाट भारतमा ७ सय ३० जना डाक्टरको मृत्यु

बाइडेन-पुटिन वार्ता, के भयो कुराकानी ?

Leave a comment

Your email address will not be published. Required fields are marked *