एमालेको नेतृत्वमा कम्युनिष्ट आन्दोलन सुदृढ बनाउँछौँ थापा
काठमाडौं नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले नेकपा एमालेको नेतृत्वमा कम्युनिष्ट आन्दोलन सुदृढ बनाउन लाग्ने बताएका छन्।
काठमाडौं जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाले भने,‘पछिल्लो ३ वर्षमा दुई लाइनको संघर्ष सुरु भयो। पार्टीभित्र पूँजीवादी दक्षिणपन्थी धारा विकास भयो, कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई ढाल्न सफल भए।’ अब एमालेको नेतृत्वमा कम्युनिष्ट पार्टीलाई सुदृढ गर्न लाग्ने उहाले बताउनु भयो ।

थापाले भने,‘एमालेको इतिहासको अध्ययन र आत्मसाथ गर्दै समाजवादी आन्दोलनलाई अगाडि बढाउँछौँ। अदालतको परमादेश र पार्टीभित्रको पूँजीवादी दक्षिणपन्थी र बिसर्जनवादी धार पार्टीबाट अलग भएको छ।’
उहाले एमालेलाई समाजवादी आन्दोलनलाई शसक्त बनाउने पार्टीको रुपमा स्थापित गर्ने पनि बताए।





