कारागारमा तेब्बर कैदीबन्दी हुँदा सङ्क्रामक रोगको जोखिम

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा जिल्ला कारागारमा सङ्क्रामक रोगको जोखिम बढेको छ । पच्चिस जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् ।
तीमध्ये ४२ कैदी र बाँकी थुनुवा रहेका कारागार प्रमुख अनिल तिवारीले जानकारी दिए । तेब्बर कैदीबन्दी हुँदा यहाँ सरुवा रोगको पनि जोखिम बढेको छ । भौतिक दूरी कायम हुने त कुरै छैन्, कोरोनाको पनि जोखिम छ उहाँले भन्नुभयो, “कारागारभित्र ठाउँ नभएर टेण्ट हालेर राखेका छौं व्यवस्थापनमा निकै चुनौती छ ।” “कारागार भित्रैको कम्पाउण्डमा दुई टेण्ट हालेका छौं, त्यसभित्र आठ शैया लगाएर १३ जनालाई त्यहाँ बसोबासको व्यवस्था गरेका छौं ।

व्यवस्थापनमा चुनौती थपिएको छ, ठाउँ अभावमा एउटै शैयामा तीन कैदीबन्दी सुत्ने गरेका छन्,।” कैदीबन्दीलाई शौचालय प्रयोग र सरसफाइका लागि समेत समस्या हुँदै आएको छ । उनीहरूमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले बाह्य भेटघाट पनि बन्द गरिएको छ । “सबैले खोप लगाए पनि जोखिम बढ्ने भएकोले बाहिरी भेटघाट बन्द गरेका हौँ । विषेश परिस्थिति तथा मुद्दासँग सम्बन्धित भेटघाट भए, ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट र कोरोना खोप लगाएको कार्ड हेर्ने गरेका छौं ।

जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले पनि कारागारमा सङ्क्रमक तथा सरुवा रोगको जोखिम रहेको बताउनुभयो । थोरै मान्छे बस्नुपर्ने ठाउँमा बढी मान्छे लामो समयसम्म बस्दा जोखिम निकै हुन्छ ।” यस्तो ठाउँमा क्षयरोग तथा श्वासप्रश्वास सम्बन्धी समस्या बढी देखिने सम्भावना हुन्छ । पुरानो र जीर्ण भवन पुनःनिर्माण नहुँदा यहाँ सुरक्षा चुनौती पनि थपिएको छ । विसं २०४०मा निर्माण गरिएको कारागार पुनःनिर्माण नहुँदा जीर्ण बनेको हो ।

बोलेरो जिप दुर्घटना तीनको मृत्यु, एक जना

विपन्न वालवालिकालाई किर्डाकको आर्थिक सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *