हाइटी भूकम्प : मृत्यु हुनेको संख्या १३ सय पुग्यो

एजेन्सी : हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १२ सय ९७ पुगेको छ। शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पनि पराकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण रिपोर्टले जनाएको छ।

शनिबारको भूकम्पमा परी १२ सय ढठ जनाको ज्यान गएको र ६ हजार मानिस घाइते भएका हाइटीका अधिकारीले पुष्टि गरेका छन्।

भूकम्पका कारण एक हजारभन्दा बढी घरहरू भत्किएका छन् भने कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवनहरू भत्किएका छन् ।

हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ। यसपहिले सन् २०१० को जनवरीमा हाइटीमा गएको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो।

उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो। तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाइटीबासी घरबारविहीन भएका थिए।

हाइटी भूकम्प : मृत्यु हुनेको संख्या १३ सय पुग्यो

अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

हाइटी भूकम्प : मृत्यु हुनेको संख्या १३ सय पुग्यो

अफगानिस्तानमा युद्ध समाप्त भयो : तालिवान

Leave a comment

Your email address will not be published. Required fields are marked *