अफगानिस्तानका नेपालीको उद्धारबारे सरकारले प्रभावकारी कदम चालोस् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सरकारले प्रभावकारी कदम चाल्न माग गरेका छन्।

अफगानिस्तान तालिवान विद्रोहीले कब्जा जमाएपछि प्रचण्डले त्यहाँ रहेको नेपालीहरुको सुरक्षा गर्नु सरकारको दायित्व भएको बताएका हुन्।

प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्दार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्।’

अफगानिस्तानमा रहेको नेपाली फिर्ता ल्याउने बिषयमा आफू र पार्टीको तर्फबाट आवश्यक सम्पुर्ण पहल र सहयोग हुने स्पष्ट पारेका छन्।

अफगानिस्तानका नेपालीको उद्धारबारे सरकारले प्रभावकारी कदम चालोस् : प्रचण्ड

YUGAAWHAN NATIONAL DAILY (2078-04-32)

अफगानिस्तानका नेपालीको उद्धारबारे सरकारले प्रभावकारी कदम चालोस् : प्रचण्ड

अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

Leave a comment

Your email address will not be published. Required fields are marked *