भेरोसेल खोप सकियो, काठमाडौंमा कार्यक्रम स्थगित

काठमाडौं । कोभिड-१९ विरुद्धको मौज्दात खोप सकिएपछि काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ।  स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गरी खोप सकिएकाले खोप अभियान रोकेको जनाएको छ।

कार्यालय काठमाडौंले साउन २ गतेसम्म खोप लगाउने कार्याक्रम भनिए पनि अब अर्को सूचना जारी गरेपछि मात्रै खोप अभियान सञ्चालन हुने बताइएकाे छ।

सरकारले पछिल्लो पटक कोरोनाविरुद्धको भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथि उमेर समूहका नागरिक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, शिक्षक शिक्षिका, विदेश जाने नागरिक, सरकारले तोकेको अत्यावश्यक सेवाका व्यक्तिलाई लगाइरहेको छ।

यस्तै जोनसन एण्ड जोनसोन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्व अति अशक्त, अपांगता भएका व्यक्ति, नेपालमा बसिरहेका शरणार्थी, स्वास्थ्य तथा सरसफाइकर्मीलाई लगाइएकाे छ।

भेरोसेल खोप सकियो, काठमाडौंमा कार्यक्रम स्थगित

भगिरामको भाग्य !

Leave a comment

Your email address will not be published. Required fields are marked *