पुलित्जर पुरस्कार विजेता दानिश अफगानिस्तानको झडपमा मारिए

एजेन्सी । भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको हत्या गरिएको छ। अफगानिस्तानमा भइरहेको तालिबान विद्रोही र सरकारबीचको संघर्षको रिपोर्टिङ गर्न गएका सिद्दीकीको कान्धहार प्रान्तमा हत्या भएको आजतकले जनाएको छ।

तालिबान र सरकारी सुरक्षा फौजबीचको भिडन्तका क्रममा सिद्दीकीको मारिएका हुन्। सिद्दीकी व्यवसायिक फोटो पत्रकार हुन्। उनी अन्तर्राष्ट्रिय एजेन्सीका लागि काम गरिरहेका थिए।

दानिशले सन् २०१८ मा पुलित्जर पुरस्कार प्राप्त गरेका थिए। उनले रोहिङ्गिया शरणार्थीबारे गरेको कवरेजलाई आधार मानेर पुलित्जर पुरस्कार पाएका थिए।

दानिशले टिभीबाट पत्रकारिता यात्रा सुरु गरेका थिए। हाल अफगानितानमा तालिबान आतंक बढिरहेको छ। तालिबानले आधा अफगानिस्तान कब्जा गरिसकेको दाबी गरिरहेको छ।

पुलित्जर पुरस्कार विजेता दानिश अफगानिस्तानको झडपमा मारिए

जर्मनीमा बाढीका कारण ४९ जनाको मृत्यु, १३

पुलित्जर पुरस्कार विजेता दानिश अफगानिस्तानको झडपमा मारिए

भेरोसेल खोप सकियो, काठमाडौंमा कार्यक्रम स्थगित

Leave a comment

Your email address will not be published. Required fields are marked *