घुँयत्राे : हैन ! यी ज्ञानेन्द्र शाहिलाई काँ काे मुलले पैसा बर्षाउँदाे रैछ के ।

हैन ! यी ज्ञानेन्द्र शाहिलाई काँ काे मुलले पैसा बर्षाउँदाे रैछ के । अरुलाई पारदर्शी हुन र भष्टाचार नगर्न सल्ला दिँदै हिँडछन अनि अाँफुगाउँ गाउँ र शहर शहर हिँडने खर्च काँट जुटाउँछन के । के अरुलाई पारदर्शि हाेउ भन्ने मान्छे अाँफू पारदर्शी हुनु पर्दैन र ? बेलैमा चुल्ठे मुन्द्रेसित सँगत गर्या हुनाले उनकाे खर्च तिनै चुल्ठेमुन्द्रेले ब्यहाेर्छन भनेनि तिनरुनि कति धनी हुननराे ।
ज्ञानेन्द्रले बाँडने राहत, उनका अघिपछि हिँडने जगल्टेहरकाे दाना पानी उडनेदेखि गुडने मात्रै नभएर हरेक रात साँझकाे खर्च के जुन जिल्लाँ गयाे तिनैले दिँदारैछनकि कइँकाे सरकारले दिन्छकि नेताहरले ब्यहाेर्छन हाेला कुन्नि ? अाखिर लगानि गर्नेलेनि भविष्याँ अाँफुले गमक्कै कमाम्ला भनेर गर्ने हाे तर ज्ञानेन्द्रमा गर्ने लगानिले कुनबेला कान्निर कमाउने बाटाे देला र मत त्यस्ताे कतै देख्दिन । जाँ गएनि कुटाई खाने र लखेटि माग्या सम्चार मात्रै सुनिन्छन ।
कइँ कतैका जनताले ज्ञानेन्द्रलाई ल राम्राे काम गरिस स्याबास भन्या कइँ सुनिन्न । खालि टाेले गुण्डा र मुन्द्रे जगल्टेकाे मात्रै साथछ भनेर भन्ने गर्या सुन्दा उनी अाँफै पनि राम्राे र सान्दार मिसनमा हिँन्याजस्ताे देख्खिएन । खालि कुन जिल्लाँ २/४ वटा याेजनाका बार्याँ उदाङ्गाे बनाउन सकिन्छ बनाउने पर्यत्न गर्ने त्याे रातकाे छाक तयइँ टार्ने अनि भाेलिपल्ट फेरि अर्काे ठाँ गएर त्यै काम गर्ने अनि अाफ्नाे दिनचर्या धकेल्ने जस्ताे पाे देखियाे ज्ञानेन्द्र शाहिकाे चाला । हुन त उनी पनि कर्नालिकै ठकुरी परे कमजाेर त छैनन हाेला । केई नभएनि २/४ हजार स्याउका बुटा लाकै हाेलान ।
नला भानि अब लाउने काेसिस गरेर भाेलि एक्लै भएनि एक पेटलाई २ छाक खान समस्या हुने छैन । भन्नेबेलाँ अाँफुलाई सामाजिक अभियन्ता भन्ने तर जैले पनि ठकुरी पारा देखाएर मान्छेलाई हप्किदप्कि गरी अाफ्नाे बसाँ पारेर अाफ्नाे कुरा” हँ “भन्न बाध्यपार्ने शाहिकाे प्रवृत्ति नै उनका लागि घातक देख्खियाे । हुनत कर्नालिका मान्छे लडाकुनै हुन्छन त्यै भएरनि हाेला उनकाे जिनाँनि लडाकु पनैछ ।
करनालिका मान्छे अघिपरेकि सैह्य नहुने उनी करनालियाँ अाएकि भिडन्तै हुन्छ । त्यै भएर हाेला रारा पुग्ने लक्ष्यलेर अाका ज्ञानेन्द्र अाफ्ना कार्यकर्तासितकाे भेटघाट र खानपिनकाे ब्यबस्था मिलाएर करेखाेला हुँदै गरगरे र गरगर्याट वीरेन्द्रनगर पुग्न खाेज्दा बीचबाटैमा भिडन्तमा उत्रिन पुग्दा अनाहकाँ करेखाेला मान्छेले तनाब व्यहाेर्नु पराे ।
२ दिन वीरेन्द्रनगर अशान्त बन्याे जाँ गयाे त्यैँ अशान्त बनाउनेलाई सामाजिक अभियन्ताकाे पदवि गुथाउने नेपाली पत्रकारिता पनि अाँफैमा नमुनै मान्नु पर्छ । जाे समाजका मान्छेको प्रिय छैन उसैलाई सामाजिक अभियन्ताले सम्बाेधन गर्ने हाम्राे पत्रकारितानै महानछ । अँझ उनकै समर्थनमा समाचार लेख्ने युटुबर र पत्रकार झन कति महान हाेलान । जयहाेस सामाजिक अभियन्ताहरुकाे ।






