पहिरोले राप्ती राजमार्ग अवरुद्ध

सल्यान । अविरल वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ। सडकमाथिबाट ठूलो ढुङ्गासँगै पहिरो आएपछि दाङ–सल्यान सडकखण्डअन्तर्गतको राजमार्ग मंगलबार साँझदेखि अवरुद्ध भएको हो।
कपुरकोट गाउँपालिका–३ दसरेमा सडकमाथिबाट आएको पहिरोले सडक पुरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए।
बुधबार बिहान ेखि जेसिभि लगाएर पहिरो पन्छाउने काम भइरहेको श्रेष्ठले बताए। सडक अवरुद्ध हुँदा दाङ, सल्यान, रुकुम पुर्व, रुकुम पश्चिमको आवागन बन्द भएको छ।






