वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति कम गर्नका लागि वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिन थालेको छ। निकुञ्ज भएर जाने महाकाली तेस्रो चरणको नहरमा वन्यजन्तुमैत्री संरचना बनाइएका छन्।

महाकाली तेस्रो चरणको परियोजनासँग समन्वय गरी वन्यजन्तुलाई ओहोरदोहोरका लागि नहरमाथि भएर जाने बाटो (ओभर पास) बनाइएका छन। ‘नहर निकुञ्ज क्षेत्रको झण्डै चार किलोमिटर क्षेत्र भएर गएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा मगरले भने, ‘तीन तीन सय मिटरको दूरीमा वन्यजन्तुलाई निकुञ्जको उत्तर दक्षिणतर्फ ओहरदोहर गर्नका पाँचवटा ओभर पास निर्माण गरिएका छन् ।’

वन्यजन्तुको बढी ओहोरदोहोर हुने क्षेत्रको पहिचान गरी ओभर पास निर्माण गरिएका छन् । नहरमा फसेर वन्यजन्तुको मृत्यु हुने समस्यालाई समाधान गर्न परियोजनासँग सहकार्य गरी ठाउँठाउँमा पानी पिउने व्यवस्था गरिन लागेको अधिकृत पूर्जामगरले बताए ।

उनका अनुसार पूर्व–पश्चिम राजमार्गको अर्जुनीदेखि चम्फापुरसम्मको निकुञ्ज क्षेत्र भएर जाने सवारी साधनको ठक्कर लागेर चालु आर्थिक वर्षमा नौवटा संरक्षित जनावरको मृत्यु भएको छ। ‘वन्यजन्तुलाई ओहरदोहर गर्ने ठाउको अभाव हुदा राजमार्गमा सवारी साधनको ठक्कर लागेर मृत्यु हुने गरेको छ,’ उनले भने, ‘त्यस समस्यालाई निराकरण गर्नका लागि वन्यजन्तु संरचना निर्माणमा जोड दिइनुपर्छ ।’

वन्यजन्तुमैत्री संरचना निर्माण नहँुदा मानव र बन्यजन्तुबीचको द्वन्द्व समेत बढ्न थालेको छ। सवारी दुर्घटना समेत यसै कारणले हुने गरेको छ। निकुञ्ज कार्यालयका अनुसार निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गको उत्तर र दक्षिणतर्फ ओहोरदोहोर गर्ने १५ प्रजातिका स्तनधारी जीवजन्तु र सरिसृप छन्।

परम्परागत रुपमा बनाइएका सडक, नहरलगायतका संरचना वन्यजन्तुमैत्री नभएको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत अजयविक्रम मानन्धर बताउँछन्। ती संरचनमा सुधार गरी अन्डर र ओभर पास बनाउनुपर्ने उनको सुझाव छ।

वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

अस्पतालमै झलनाथले ईश्वरलाई भने : पार्टी मिलाउनुस्

वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *