अस्पतालमै झलनाथले ईश्वरलाई भने : पार्टी मिलाउनुस् कमरेड !

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले महासचिव ईश्वर पोखरेललाई पार्टी मिलाउन आग्रह गरेका छन् ।

नेता खनालको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका पोखरेलसँगको भेटमा उनले यस्तो आग्रह गरेका पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

‘भेटमा नेता खनालले महासचिव पोखरेललाई तपाईंले पार्टी मिलाउनुस् कमरेड! भनेर आग्रह गर्नुभयो। पाण्डेले भने, ‘शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोखरेलले तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं भन्नुभयो ।’

विभाजनको डिलमा पुगेको एमालेमा पछिल्लो समय एकताको संभावना बढ्दै गएको भन्दै नेताहरुले संवाद जारी राखेका छन् । भेटमा दुई नेताबीच केहीबेर अन्तरंग कुराकानी पनि भएको पाण्डेले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाललाई थप उपचारका लागि आजै भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ ।

अस्पतालमै झलनाथले ईश्वरलाई भने : पार्टी मिलाउनुस् कमरेड !

वृद्ध भत्ताको ५० लाख चोरी, मन्त्रालयबाट छानबिन

Leave a comment

Your email address will not be published. Required fields are marked *