निकिसाले जितिन् ‘मिस नेपाल एसईई २०२१’ को उपाधि

काठमाडौंँ । ‘मिस्टर एण्ड मिस नेपाल एसईई २०२१’ उपाधि निकिसा खड्का र सविन निरौलाले जितेका छन् । खड्काले मिस र निरौलाले मिष्टर तर्फको उपाधि हात पारेका हुन् । खड्काले शिर्ष सहित मिस क्याटवाक र निरौलो शिर्ष सहित मिस्टर मल्टिमिडिया र ह्यान्डसम विथ परपोसको उपाधि समेत हात पारेका छन् ।

अभ्यानी प्रोडक्सन आयोजक रहेको प्रतियोगितामा मिस तर्फ प्रिया गौतम फस्ट रनर अप र वेस्ट फिगर र प्रमिसा सेजुवाल सेकेन्ड रनर अप चुनिदा मिष्टर अपुर्व गौतम तर्फ फस्ट रनर अप र रिन्जिन स्यानंबोले सेकेन्ड रनर अप भए । गोतमले मिष्टर ट्यालेन्टको उपाधि समेत हात पारेका छन् ।

सुरक्षा मापदण्डको पुर्ण पालना गर्दै आयोजना भएको कार्यक्रममा प्रोभिन्सतर्फको उपाधिमा प्रोभिन्स १ मा पेमा डोल्मा तामाङ, प्रोभिन्स २ मा सुभेक्षा लामा, प्रोभिन्स ३ मा प्रिन्सा आचार्य, प्रोभिन्स ४ मा दिक्षा थापा मगर र प्रोभिन्स ५ मा पुजा वस्याल विजेता भए ।

राप्रपा नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन अतिथि रहेको कार्यक्रममा मोटिभेसनल स्पिकर रोहित मल्ल, सिनियर कोरियोग्राफर महेश केसी, पवन आचार्य, मोडेल प्रमिला कार्की, नेक्स्ट टप मोडेल अफ नेपाल २०१६ की विजेता पुजा गिरी निर्णायक रहेका थिए ।

व्यक्तित्व अभिमुखीकरण, जीवन कौशल कला र मोडलिङलगायतका बिभिन्न प्रशिक्षण सहित प्रतियोगीत अन्तिमस्पर्धामा उतारिउको आयोजक अभ्यानी प्रोडक्सनका संस्थापक अध्यक्ष अभिविन्द खनियाले जानकारी दिए । रोजिन शाक्यको कोरियोग्राफी रहेको कार्यक्रममा युवायुवतीको प्रतिभा निखार्ने उदेश्यले आयोजना भएको थियो ।

निकिसाले जितिन् ‘मिस नेपाल एसईई २०२१’ को उपाधि

संसारकै ठूलो पोर्न स्टार बन्न चाहन्थे शाहरुख

Leave a comment

Your email address will not be published. Required fields are marked *