संसारकै ठूलो पोर्न स्टार बन्न चाहन्थे शाहरुख खान!

एजेन्सी । अभिनेता साहरुख खान बलिउडमा धेरैले मन पराउने अभिनेता हुन्। उनी शिक्षित र अनुशासित अभिनेता मानिन्छन्। ज्ञानसँगै उनको ठट्टा गर्ने शैलीको धेरैले प्रशंसा गर्छन्, तर एक पटक उनले यस्तो बयान दिएका थिए जसले गर्दा उनको चरित्रमाथि नै प्रश्न गरिएको थियो।

सन् २००९ मा गुरु अरिन्दम चौधरीको ‘डिस्कभर द डायमण्ड इन यु’ किताबको विमोचन गर्न शाहरुख दिल्ली गएका थिए। विमोचनको क्रममा उनले आफ्नो भित्री इच्छा सेयर गरेका थिए।

त्यसबेला उनले आफूलाई पोर्न स्टार बन्न चाहना भएको खुलाएका थिए। डिएनएको रिर्पोट अनुसार शाहरुखले भनेका थिए, ‘म सधैं पोर्न स्टार बन्न चाहन्थे। पोर्न स्टार बन्न म सकरात्मक भावना र स्पष्टताको साथ काम गर्नेछु।’

आफूमा पोर्न स्टार बन्ने चाहना शाहखरुलाई कहाँबाट आएको पनि खुलासा गरेका थिए। यो विषयमा उनी एक हलिउड अभिनेताबाट प्रेरित भएको देखिन्छ। सो किताब विमोचन कार्यक्रममा उनले भनेका थिए, ‘म चर्चित हलिउड अभिनेता सिल्भेस्टर स्टेलोनको ठूलो फ्यान हुँ। उनी हलिउड स्टार हुनुअघि पोर्न स्टार थिए।’

शाहरुखको मजाक गर्ने बानीबारे सबै परिचित छन् तर उनले पोर्न स्टार बन्ने चाहना व्यक्त गरेको कुरा धेरैलाई पचेको थिएन। उनले मजाकका रुपमा आफू पोर्न स्टार बन्ने भने पनि उनका प्रशंसकले यो कुरा मन पराएनन्।

शाहरुख यतिमै रोकिएनन्। उनले पछि संसारकै ठूलो पोर्न स्टार भएर आफ्नो झन्डा अमेरिकामा राख्ने बताएका थिए। कोइमाइका अनुसार अरिन्दम चौधरीको ‘डिस्कभर द डायमण्ड इन यु’ किताबको आधारमा शाहरुखले सिल्भेस्टर स्टेलोनको पोर्न स्टारबाट हलिउडको आइकन बन्ने यात्राको उदाहरण दिएका थिए।

शाहरुख अब छिट्टै सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘पठान’मा देखिने छन्। यो फिल्मबाट उनी आफ्नो चार वर्षको लामो अन्तरालपछि पर्दामा फर्किन लागेका हुन्। यससँगै उनी अर्को नयाँ फिल्म ‘सन्की’को तयारीमा पनि छन्।

संसारकै ठूलो पोर्न स्टार बन्न चाहन्थे शाहरुख खान!

तालिवान आक्रमणपछि उज्वेकिस्तान भागे अफगानी सेना

संसारकै ठूलो पोर्न स्टार बन्न चाहन्थे शाहरुख खान!

निकिसाले जितिन् ‘मिस नेपाल एसईई २०२१’ को

Leave a comment

Your email address will not be published. Required fields are marked *