थप २७ सय ४५ मा संक्रमण, ४१ सय ८७ जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १३ हजार दुई सय ९० जनाको कोरोना परीक्षण गरिएको छ ।

७ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ६४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो समय चार हजार एक सय ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो अवधिमा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार पाँच सय ६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

हालसम्म कोरोना संक्रमणबाट पाँच लाख ४० हजार चार सय ३९ जना निको भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। काठमाडौंमा चार सय ४५,भक्तपुरमा १६ र ललितपुरमा ७४ गरी उपत्यकामा जम्मा पाँच सय ३५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

थप २७ सय ४५ मा संक्रमण, ४१ सय ८७ जना संक्रमणमुक्त

७६ वर्षमा बिते चाना, जसका ३८ श्रीमती

थप २७ सय ४५ मा संक्रमण, ४१ सय ८७ जना संक्रमणमुक्त

कर्णालीको आगामी बजेट । ३६ अर्ब ५४

Leave a comment

Your email address will not be published. Required fields are marked *