७६ वर्षमा बिते चाना, जसका ३८ श्रीमती र ८९ छोराछोरी थिए

एजेन्सी । सबैभन्दा ठूलो परिवार भएका व्यक्तिको मृत्यु भएको छ। भारतको उत्तरपूर्वी मिजोरम राज्यका ७६ वर्षीय वृद्ध जिओना चानाको आइतबार मृत्यु भएको बिबिसीले जनाएको छ।

उनका ३८ श्रीमती, ८९ छोराछोरी र ३६ नाति छन्। चानाको मृत्युको खबर मिजोरमका मुख्यमन्त्री जोरमथाङ्गाले पुष्टि गरेका थिए। चाना डायबेटिज र उच्च रक्तचापका बिरामी थिए।

डाक्टरहरूले समाचार संस्था पिटिआइलाई दिएको जानकारीका अनुसार चानाको स्वास्थ्य अवस्था गाउँमै हुँदा बिग्रिएको थियो। स्वास्थ्य अवस्था बिग्रिएपछि आइतबार साँझ अस्पताल लगिएको थियो। अस्पतालमा पुर्‍याउँदा चिकित्सकहरूले उनको मृत्यु भइसकेको बताएका थिए।

चानाको परिवार सदस्य धेरै भए पनि विश्वकै सबैभन्दा धेरै परिवार सदस्य हुने उनी नै हुन् भन्ने दाबी गर्न नसकिने बिबिसीले जनाएको छ। किनकी यस पदका लागि दाबी गर्नेहरू अरू पनि भेटिएका छन्।

त्यस्तै, चानाको परिवार ठ्याक्कै कति छ भन्ने खुलेको छैन। एउटा समाचारले उनको ३९ श्रीमती, ९४ छोराछोरी, ३३ जना नातिनातिनी र एक पनाती समेत गरी कुल १८१ जनाको परिवार भएको बताइएको छ। धेरै स्थानीय समाचारहरूले उनले सबैभन्दा ठूलो परिवार भएकोमा विश्व रेकर्ड नै बनाएको लेखेका छन्।

७६ वर्षमा बिते चाना, जसका ३८ श्रीमती र ८९ छोराछोरी थिए

नेपाली कथानक चलिचत्र ‘टालो’ सार्वजनीक

७६ वर्षमा बिते चाना, जसका ३८ श्रीमती र ८९ छोराछोरी थिए

थप २७ सय ४५ मा संक्रमण, ४१

Leave a comment

Your email address will not be published. Required fields are marked *