गण्डकी प्रदेशको अधिवेशन अन्त्य

गण्डकी प्रदेश सरकारले चालु अधिवेशन अन्त्य गरेको छ। अविश्वासको प्रस्ताव रोक्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो। बुधबार राति १२ बजे प्रदेश सरकारको सिफारिसअनुसार गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुख अमिक शेरचनले सभामुखलाई जानकारी गराएका छन् ।

गण्डकीमा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको थियो। त्यसका लागि बिहीबार नै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सहमति पनि भएको थियो। तर,अविश्वास प्रस्ताव रोक्न प्रदेश प्रमुख शेरचनले मध्यरातमै प्रदेशसभा अन्त्य गरेका छन् ।

चालु अधिवेशनको अर्को बैठक वैशाख ६ गते बोलाइएको थियो । यसैबीच, अधिवेशन अन्त्य गरिएपछि विशेष अधिवेशन बोलाउने विषयमा प्रतिपक्ष दलहरूले तयारी थालेका छन्। यसका लागि कांग्रेस माओवादी र जसपाबीच छलफल हुँदै छ ।

 

 

गण्डकी प्रदेशको अधिवेशन अन्त्य

‘गिट्टी कसैले किन्दैन, यो धर्ती छाड्न पाए

गण्डकी प्रदेशको अधिवेशन अन्त्य

४ कर्मचारी गुमाएको गुल्मी प्रशासन शोकमा, सबै

Leave a comment

Your email address will not be published. Required fields are marked *