विप्लवको चेतावनी : जबरजस्ती एमसिसी पास गरे अहिलेको झिल्को राँको निस्किने चेतावनी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अमेरिकी परियोजना जबरजस्ती पास गर्न खोजियो भने अहिलेको आन्दोलनको झिल्को राँको बनेर निस्किने चेतावनी दिएका छन्।

एमसिसी सम्झौताविरुद्ध गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘आज काठमाडौंमा उत्रिएको जुलुस यो झिल्को मात्रै हो। यदि एमसिसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ। देशको माया हुने हरेक मान्छेलाई साथ लिएर अघि बढ्छौँ।’

पैसाबाट मात्रै विकास र समृद्धि हुन्छ भन्ने दलालहरूको सोच भएको बताएका छन्। एमसिसीबारे आफूहरूले बुझेको बताउँदै नेपालका दलालहरूले नबुझेका आरोप लगाए।

विप्लवले भने, ‘पैसाले मात्रै विकास हुन्छ? अधिकार र स्वतन्त्रता चाहिन्छ, विकास र समृद्धिको बाधक पैसा होइन, बाधक सत्ता हो।’

जनताको हातमा सत्ता भयो भने, साँच्चिकै भाेका नांगा जनता सत्ताको मालिक भए भने पहाड सम्याउन सकिन्छ, नदी नाला थुन्न सकिन्छ। पढेर त भनेका छौं, बुझेका छौं, नबुझेको भनेर भ्रम छर्ने? जनताले कुरा नबुझेको होइन त्यसो भन्नेहरूको आँखा डलरले बन्द गरेको हो।’

एनसेलले अझै अर्बौ कर नतिर्दा दलका नेताहरू बोल्न नसकेको बताए। अझ एमसिसीको ५० करोड डलर ल्याएर कमिसन खाने खेलमा लागेका उनको दाबी छ।

‘आज संकेत गरेको हो, मेचीदेखि महाकाली आइटी सेनादेखि हिमालसम्म हामी एकढिक्का हुन्छौं, कुनै हालतमा जनतामा एमसिसी थोपर्न दिँदैनौँ’ उनको भनाइ छ।

२४  घण्टामा  १४८६ जनामा कोरोना संक्रमण पुष्टि,

विप्लवको चेतावनी : जबरजस्ती एमसिसी पास गरे अहिलेको झिल्को राँको निस्किने चेतावनी

बलात्कार आरोपितलाई बाह्र वर्ष कैद !

Leave a comment

Your email address will not be published. Required fields are marked *