भेरि नदिमा भेटियो वेवारिसे शव

दुर्गा विसी सल्यान । सल्यानको पश्चिम क्षेत्रको बनगाड कुपिण्डे नगरपालिका-१ भेरि नदिको बाँगीरहमा वेवारिसे शव फेला परेको छ । उक्त शव दुई हप्ता अघिकै भेरिमा वगेको अनुमान गरिएको छ ।
लास सडिसकेकोले पहिचान हुन नसकेको र उक्त शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान पठाएको ईलाका प्रहरी कार्यालय सल्लिबजारले जनाएको छ ।
दिउँसो २ वजेको समयमा शव भेरिमा बगिरहेका खबर स्थानीयले प्रहरीलाई बताए पछि प्रहरी टोलि उक्त स्थानमा पुगेको जनाएको छ ।
वडा १ को भेरि नदिको बाँगीरह नजिकै शव तैरिरहेको अवस्था फेला परेको जनाएको छ । शवको पहिचान भने हुन नसकेको जनाएको छ । उक्त शव भेरिले माथिल्लो भागबाट बगाएर ल्याएको हुन सक्ने प्रहरीको भनाइ छ ।






