काठमाडौं महानगरपालिकाले तीन दिन महानगर दिवस मनाउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ। महानगरपालिकाले मंसिर २७ देखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो।

आइतबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेदेखि यता हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसको रुपमा मनाउने गरिएको जानकारी दिए। उनले २७ औँ महानगर दिवसमा सेवाग्राही‚ सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप शुरुवात तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद, सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने पनि बताए।

प्रवक्ता डंगोलले २०७२ को महाभूकम्प, नाकाबन्दी र कोरोना महामारीलाई मध्यनजर गर्दै महानगरले आफूसँग भएका श्रोत साधनलाई प्रयोग गरेर महानगरवासीको सेवामा तल्लीन रहेको बताए।

काठमाडौं महानगरपालिकाले तीन दिन महानगर दिवस मनाउने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको

काठमाडौं महानगरपालिकाले तीन दिन महानगर दिवस मनाउने

YUGAAWHAN NATIONAL DAILY (2078-8-26)

Leave a comment

Your email address will not be published. Required fields are marked *