कांग्रेस १४औँ महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय डेढ घण्टा थपियो

काठमाण्डौ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उम्मेदवारी फिर्ता लिने समय थपिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिने समय थप गरेको जनाएको छ ।

अब उम्मेदवारी फिर्ताका लागि दिउँसो साढे १२ बजेसम्मको समय तोकिएको छ । यसअघि उम्मेदवारी फिर्ताका लागि बिहान ११ बजेसम्मको समय तोकिएको थियो ।

उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशन हुनेछ । मतदान भने भोलि बिहान ८ बजेदेखि हुनेछ । यसअघि शनिवार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि बेलुका ५ बजेसम्म भएको थियो ।

उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँच बुझ शनिवार बेलुका ५ देखि ७ बजेसम्म र दाबी विरोध उपर निर्णय बेलुका ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन गरेको थियो।

महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ।

कांग्रेस १४औँ महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय डेढ घण्टा थपियो

अमेरिकाको केन्टकीमा आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ७०

कांग्रेस १४औँ महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय डेढ घण्टा थपियो

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको

Leave a comment

Your email address will not be published. Required fields are marked *