मुख्यमन्त्री पोखरेलसहित पाँच मन्त्रीले आजै सपथ लिँदै, मनाङ्गे पनि मन्त्री

गोरखा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आजै पद तथा गोपनीयता सपथ ग्रहण गर्दैछन्। उनलाई प्रदेश प्रमुख सिताकुमारी पौडेलले आजै आफ्नो निवासमा सपथ खुवाउने तयारी भइरहेको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद हरिशरण आचार्यका अनुसार मुख्यमन्त्रीसहित पाँच जना आजै विनाविभागीय मन्त्रीमा नियुक्त हुनेछन् ।

‘मुख्यमन्त्रीसहित गठबन्धनका दलका एक/एक सांसदले आज नै मन्त्री पदको सपथ खाने तयारी भईरहेको छ। जसपाको तर्फबाट मैले, स्वतन्त्र सांसद माननीय राजिव गुरुङले मन्त्रीको सपथ लिने पक्का भएको छ’, आचार्यले  भने, ‘कांग्रेस र माओवादीले ककसलाई सरकारमा पठाउने भनेर अहिले छलफल गरिरहेका छन् ।’

राष्ट्रिय जनमोर्चाले भने अहिले सरकारमा नजाने बताएको आचार्यको भनाई छ । प्रदेश प्रमुख पाैडेलले संविधानको धारा १६८ (५) अनुसार कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

मुख्यमन्त्री पोखरेलसहित पाँच मन्त्रीले आजै सपथ लिँदै, मनाङ्गे पनि मन्त्री

तीन प्रदेशमा फैलियो मनसुन, मङ्गलबारसम्म देशव्यापी हुने

मुख्यमन्त्री पोखरेलसहित पाँच मन्त्रीले आजै सपथ लिँदै, मनाङ्गे पनि मन्त्री

कृष्णचन्द्र पोखरेल : मास्टरदेखि मुख्यमन्त्रीसम्म

Leave a comment

Your email address will not be published. Required fields are marked *