एक वर्षभित्र १२ हजार घरधुरीमा बिजुली पु¥याइन

दैलेख, ३० माघ । जिल्लाका ७ स्थानीय तहमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत १ वर्षभित्र १२ हजार घरधुरीमा विद्युत् सेवा विस्तार हुने भएको छ । संघीय सरकारको ९० प्रतिशत र स्थानीय तहको १० प्रतिशत लगानीमा विद्युतीकरण गर्न लागिएको हो । जसमा स्थानीय तहहरुले करिब ६० करोड रुपैयाँ लगानी गरेका छन् । गत वर्षबाट सञ्चालन भएको कार्यक्रम कोरोना महामारीका कारण पछि धकेलिएको हो । अहिले सातवटै स्थानीय तहका सबै वडामा विद्युत् पु¥याउने गरी निर्माणको कामलाई तीव्रता दिइएको छ । २०५४ जेठदेखि सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन पुगे पनि अन्य स्थानीय तहमा विद्युत् सुविधा पुगेको थिएन । 

भर्खरै डुंगेश्वर गाउँपालिका–२ मा राष्ट्रिय प्रसारण लाइन जोडिएपछि त्यहाँका ७ सय घरमा बिजुली बलेको छ । सामुदायिक ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रमको २ करोड ५० लाख र निर्वाचन क्षेत्र नं १ अन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपैयाँमा विद्युत् विस्तार गरिएको हो । ७ नम्बर वडामा विद्युत् जडान भएसँगै गाउँपालिकाका सबै वडामा बिजुली पुगेको अध्यक्ष नगेन्द्र मल्लले बताए । ‘कोरोना महामारीमा पनि कामलाई तीव्रता दिइयो,’ उनले भने, ‘उपभोक्ताले पनि सक्रियता देखाएपछि अरू पालिकाभन्दा यहाँ छिटो बत्ती बल्यो ।’ गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले एक वर्षभित्रै ४ हजार घरधुरीमा बिजुली पु¥याउने गरी निर्माणको कामलाई तीव्रता दिइएको बताए । 

उनका अनुसार आगामी दसैंसम्म विद्युतीकरणको काम सक्ने योजना छ । गुराँसले २० करोड, महाबुले १० करोड, डुंगेश्वरले २ करोड ५० लाख, नौमुलेले ५ करोड ५० लाख, भगवतीमाईले ८ करोड र भैरवीले ९ करोड रुपैयाँ सामुदायिक विद्युतीकरणमा लगानी गर्न लागेका छन् । यसका लागि संघीय सरकारसँग २ वर्षको अवधि रहने गरी सम्झौता गरिएको छ । कार्यक्रम राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा केन्द्रित गरिएको चामुन्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले बताए । दुल्लु नगरपालिकाले करिब ६० प्रतिशत काम सकिएको जनाएको छ । चैतभित्र ८० प्रतिशत काम सक्ने लक्ष्य लिइएको नगरप्रमुख घनश्याम भण्डारीले बताए।

एक वर्षभित्र १२ हजार घरधुरीमा बिजुली पु¥याइन

माघमै फुल्यो लालीगुराँस

एक वर्षभित्र १२ हजार घरधुरीमा बिजुली पु¥याइन

प्रतिगमन झुक्यो ,, झाँक्री

Leave a comment

Your email address will not be published. Required fields are marked *