२०८२ बैशाख १७ गते
×

Now Playing

माघमै फुल्यो लालीगुराँस

मुगु, ३० माघ । मुगुसहित कर्णालीका हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेका छ । केही बर्ष पहिले चैतपछि मात्र फुल्ने लालीगुराँस माघमै फुलेको छ । गुराँस फुल्ने मौसम फागुन अन्तिमदेखि चैत÷बैशाख भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक फुलेपछि स्थानीय अचम्मित भएका छन् । 

पहिले पहिले चैत वैशाखमा फुल्ने गुराँस पछिल्ला केही वर्ष यता माघमै फुल्ने गरेको छायाँनाथ रारा नगरपालिका–१० का वडा अध्यक्ष धर्मदत्त सवातले बताए । गुराँसजस्तै अन्य बोटविरुवामा पनि दुई महिनाअगावै नयाँ पालुवा लाग्न थालेको स्थानीयहरु बताउँछन् । चैतमा फुल्ने स्याउ पुसमा नै फुलेका र स–साना दान समेत लागेका वडा अध्यक्ष सावतले बताए। जलवायु परिवर्तनको असर भएको स्थानीयहरुको भनाइ छ ।

माघमै फुल्यो लालीगुराँस

बिराेधी चराे रैछ

Leave a comment

Your email address will not be published. Required fields are marked *