आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

काठमाण्डौ : आज अन्तर्राष्ट्रिय पर्वत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्त्वमा जोड दिँदै हरेक ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो ।

दिवसको अवसरमा नेपाल पर्वतारोहरण सङ्घले विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतयुक्त छ । ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसङ्ख्याको १३ प्रतिशत अर्थात ९१ करोड ५० लाख मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।

विश्वको कुल जनसङ्ख्याको ७० प्रतिशत जीवनले विभिन्न तरिकाबाट पर्वतीय क्षेत्रको पानी उपभोग गर्ने गर्छन् । यसैगरी, नेपालको कुल भू–भागको ४३ प्रतिशत भू–भाग पहाडै–पहाडले भरिएको छ । जसको कुल १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रले ओगटेको छ ।

विश्वका मुख्य हिमालहरू मध्ये धेरै जसो नेपालमा नै पर्ने भएकाले विश्व समुदायले चासो व्यक्त गर्ने गरेका छन्।

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

ओमिक्रोनबाट बच्न कोरोना विरुद्धको खोपको तेस्रो मात्रा

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

अगुल्टो पोलेको कसूरमा दुई वर्ष कैद !

Leave a comment

Your email address will not be published. Required fields are marked *