हटेन राष्ट्रियसभा बैठकको अवरोध

काठमाडौं : राष्ट्रियसभाको बैठक सदाझैँ आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरुद्ध कायमै राखेको छ। राष्ट्रियसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष तिमिल्सिनाले नेकपा (एमाले) का मुख्य सचेतक खिमलाल भट्टराईलाई आफ्नो भनाइ राख्न समय दिए।

मुख्य सचेतक भट्टराईले वर्तमान सरकारका गठबन्धनमा सहभागी दलले अघिल्लो सरकारविरुद्ध गैरराजनीतिक र कुर्सीमोहका कारण मुद्दा दायर गरेको जनाउँदै त्यसको औचित्य अहिले आएर पुष्टि भएको दाबी गरेका छन्।

उनले भने, ‘विगतको सरकारविरुद्ध गठबन्धनले अदालतमा मुद्दा हाल्दा जनमानसमा संविधानको रक्षाका लागि हो कि भन्ने भान भए पनि अहिले आएर प्रष्ट भएको छ।’ उनले एमालेलाई कमजोर बनाउने तथा विभाजनकै निम्ति दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाउँदै त्यसो नगरेसम्म गठबन्धनको राजनीतिक उचाइ नबढ्ने निष्कर्षसहित यस्तो काम गरिएको दाबी गरे।

उनले वर्तमान सरकारले आयस्रोत नखोज्ने गरी कालो धनलाई सेतो बनाउने दिशातर्फ लागेको समेत आरोप लगाए। मुख्य सचेतक भट्टराईले केही समयअगाडि दार्चुलाका जयसिंह धामीको मृत्युका विषयमा सरकार मौन रहनुको कारणबारे प्रश्न उठाएका थिए।

उनले गृहमन्त्री बालकृष्ण खाँडको गृह जिल्ला रूपन्देहीमा आइतबार सुकुमवासीमाथि प्रहरीले गोली चलाउँदा चारजनाको मृत्यु भएको घटनाको भर्त्सना गरे। भट्टराईले उक्त घटनाको निष्पक्ष छानबिन, घाइतेको निःशुल्क उपचारको व्यवस्था र मृतक परिवारलाई क्षतिपूर्तिको माग गरे।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको भूमिसम्बन्धी आयोगले भूमिहीनलाई लालपुर्जा वितरण गर्न लागेको समयमा आयोग खारेज गरी सुकुमवासी बस्तीमा बर्बर दमन गरेर गम्भीर गल्ती गरेको आरोप लगाए।

हटेन राष्ट्रियसभा बैठकको अवरोध

बुटवल झडपमा घाइते चार प्रहरीलाई काठमाडौं लगीयो,

हटेन राष्ट्रियसभा बैठकको अवरोध

साफ च्याम्पियनसिपमा भारतले नेपाललाई हरायो

Leave a comment

Your email address will not be published. Required fields are marked *