बुटवल झडपमा घाइते चार प्रहरीलाई काठमाडौं लगीयो, एपिएफ अस्पतालमा उपचार हुँदै

काठमाडौं । रुपन्देहीको मोतीपुरमा आइतबार भएको झडपमा परी घाइते भएका चार जना सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं लगीएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार जवानलाई थप उपचारका लागि आज हेलिकप्टरबाठ काठमाडौं लगीएको हो ।

झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई जना गरी चार जना थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

केसीका अनुसार इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षीय प्रहरी जवान जयप्रकाश थारू र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगर तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौं लगीएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका ३३ जना घाइते भएका छन् । घाइते भएका अन्य प्रहरी भने उपचारपछि डिस्चार्ज भएको प्रहरी प्रमुख केसीले बताए । काठमाडौं रिफर गरिएका चार जनाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार हुने छ ।

सुकुम्बासीका नाममा समूह बनाएर घरटहरा बनाएकाहरूसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका हुन् ।

प्रहरीको गोली लागि चार सर्वसाधारणको ज्यान गएको छ । झडपमा परी घाइते भएकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवा मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

आइतबार मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासी नाममा समूह बनाएर घरटहरा बनाएकाहरुसँग सुरक्षाकर्मीसँग झडप भएको हो । प्रशासनले त्यो क्षेत्रमा हिजोदेखि लगाएको कर्फ्यु जारी छ ।

बुटवल झडपमा घाइते चार प्रहरीलाई काठमाडौं लगीयो, एपिएफ अस्पतालमा उपचार हुँदै

प्रहरी हिरासतमा युवक मृत फेला

बुटवल झडपमा घाइते चार प्रहरीलाई काठमाडौं लगीयो, एपिएफ अस्पतालमा उपचार हुँदै

हटेन राष्ट्रियसभा बैठकको अवरोध

Leave a comment

Your email address will not be published. Required fields are marked *