लोकगायक कुमार बस्नेतलाई कोरोना संक्रमण

काठमाडौं । वरिष्ठ लोकगायक कुमार बस्नेत कोरोना संक्रमित भएका छन् । बस्नेतमा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

‘केही दिनदेखि शारीरिक असहज महसुस भइरहेको थियो । शंका लागेर पिसिआर टेष्ट गराएको कोरोना संक्रमित पुष्टि भयो’ बस्नेतले भने, ‘अहिलेसम्म त्यस्तो केही गाह्रो भएको छैन ।

सजिलै पचाउन सक्छु भन्ने लागेको ।’ फ्यानलाई आफ्नो स्वास्थ्यको चिन्ता नलिन बस्नेतले आग्रह गरे । भने, ‘म ठिक छु । आफ्नो पनि स्वास्थ्यको ख्याल गर्नुस्, स्वास्थ्य मापदण्ड पालना गर्नुस् ।’

बस्नेत अहिले होम आइसोलेसनमा छन् । छोराछोरी भेट्न अमेरिका उड्ने तरखरमा रहेका बस्नेतको कोरोना संक्रमित भएको कारण अमेरिका यात्रा अहिले रोकिएको छ ।

लोकगायक कुमार बस्नेतलाई कोरोना संक्रमण

ब्रेन ट्युमरको कारण भारतीय अभिनेत्री सरन्या शशिको

लोकगायक कुमार बस्नेतलाई कोरोना संक्रमण

यसै वर्ष आलिया र रणवीरको विवाह !

Leave a comment

Your email address will not be published. Required fields are marked *