बाढीपहिरोले घरमा क्षति भएकालाई ५० हजार राहत

सुर्खेत । बाढीपहिरोका कारण घरमा क्षति भए प्रदेश सरकारले पीडित परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

प्राकृतिक विपद्का घटनाबाट घरमा पूर्णरुपमा क्षति भए पीडित परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरिएको सरकारका प्रवत्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनी मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् ।

‘बाढी र पहिरोले धेरै नागरिकको घरमा क्षति पु¥याएको छ’ प्रवत्ता नेपालीले भनिन्, ‘तत्कालको राहत राहतका लागि पूर्णरुपमा घर भत्किएका नागरिकलाई सरकारले ५० हजार राहत दिने निर्णय गरेको छ ।’

राहत उपलब्ध गराउने सरकारले जिल्लाबाट विवरण माग गरेको छ । यस्तै कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश विपद् ब्यवस्थापन कोष’ मा पाँच करोड जम्मा गर्ने निर्णय गरेको छ । असार लागेसँगै आउनेसक्ने बाढीपहिरो घटनालाई मध्यनजर गरेर सरकारले राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका कर्मचारीलाई ५० प्रतिशत जोखिम भक्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ । कोरोना नियन्त्रणमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स/शववाहन चालक र सरसफाइकर्मीलाई सुरु तलवको ५० प्रतिशत जोखिम भक्ता दिने निर्णय भएको हो । यस्तै मन्त्रिपरिषद्को बैठकले मुगुको सोरु गाउँपालिकालाई दुई करोड ५० लाख बजेट बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

 

बाढीपहिरोले घरमा क्षति भएकालाई ५० हजार राहत

विहेपछि मात्र दुई जनाबिच बोलचाल

बाढीपहिरोले घरमा क्षति भएकालाई ५० हजार राहत

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *