मिडियालाई सहयोग गर्ने प्रदेश सरकारको बाचा

सुर्खेत, २८ माघ ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २५ औं बार्षिक साधारणसभा मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साधारण सभालाई सम्बोधन गर्दै कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णालीका सबै सञ्चार माध्यमलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘प्रदेश सरकारले कर्णालीका हरेक सञ्चार माध्यमलाई सहयोग गर्ने निर्णय गरेको छ’ मन्त्री भण्डारीले भने, ‘अब सरकारका सुचना र सन्देश प्रकाशन गर्ने शर्तमा सबै सञ्चार माध्यमलाई सहयोग उपलब्ध गराउँछौं ।’ सञ्चार माध्यमहरु आदर्श समाज निर्माणका प्रतिबिम्ब भएको तर्क गर्दै मन्त्री भण्डारीले खोज अनुसन्धान गरेर समाचारहरु प्रकाशन/प्रसारण गर्नुपर्ने सुझाव दिए । प्रदेश सरकार स्थापनादेखि कर्णाली प्रदेशको सञ्चार क्षेत्रमा सरकारले सक्दो सहयोग गरेको भन्दै प्रदेश सरकारको राम्रा कामको प्रचार–प्रसार र नराम्रा कामलाई सुधार्ने भूमिका खेल्नुपर्ने बताए ।

शिशु अवस्थामा हरको प्रदेश सरकारले कर्णालीका पत्रकारहरुको निःशुल्क विमा, स्नातकोत्तर तहमा पत्रकारिता अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराएको स्मरण गरे । उनले कर्णालीको सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार सधै सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । मन्त्री भण्डारीका अनुसार कर्णालीका हरेक एमएम रेडियो र टेलिभिजनलाई एक/एक लाख रुपैयाँ दिने निर्णय भएको छ । त्यस्तै छापा सञ्चार माध्यमलाई पनि उचित राहत दिने सहमति भएको छ ।

राहत रकम भनिए पनि सञ्चार माध्यमले मन्त्रालयले उपलब्ध गराएको जनचेतनामूलक विज्ञापन प्रसारण गर्नुपर्ने छ । साधारणसभामा बोल्ने अधिकांश व्यक्ताहरुले नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले कर्णालीको पत्रकारितकाको अगुवाई गर्नुपर्ने बताए । सञ्चार क्षेत्रको बदलिदो स्वरुप र प्रदेशको विकास निर्माणको लागि निश्पक्ष र खोज पत्रकारितामा सञ्चारकर्मीहरुले ध्यानदिनुपर्नमा जोड दिएका थिए ।

नौ जना पत्रकार पुरस्कृत
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २५ औं साधारणसभाको अवसरमा सुर्खेतका नौ जना पत्रकार पुरस्कृत भएका छन् । पत्रकार महासंघ सुर्खेत शाखामा विभिन्न व्यक्तिले स्थापना गरेका अक्षयकोष तथा पुरस्कारबाट नगद रकम सहित नौ जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।

पत्रकार महासंघ सुर्खेत शाखाले स्थापना गरेको ‘बर्ष पत्रकारिता पुरस्कार’ बाट अन्नपूर्ण पोष्ट दैनिकका कर्णाली प्रदेश व्युरो प्रमुख ललितबहादुर बुढा र रेडियो भेरी एमएफका मधुवन विसी पुरस्कृत भएका छन् । त्यस्तै ‘नन्दु गेलाङ्ग स्मृति पत्रकारिता पुरस्कार’ बाट यस युगआह्वान दैनिकका संवाददाता गीता थापा पुरस्कृत भएकी छिन् ।

त्यस्तैगरी खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कारबाट सुनगाभा टेलिभिजनका खिमबहादुर बुढा र इमेज टेलिभिजन सुर्खेतका सम्वादादाता मानबहादुर ओली, ‘शान्ति र विकास पत्रकारिता पुरस्कार’ बाट रेडियो नेपालका डम्बर आचार्य, भानुभक्त खड्का, कान्तिपुर दैनिकका चाँदनी कठायत र पत्रकार देवीराम देवकोटा पुरस्कृत भएका हुन् ।

मिडियालाई सहयोग गर्ने प्रदेश सरकारको बाचा

आगलागीबाट एक हजार स्याउका बिरुवा नष्ट

मिडियालाई सहयोग गर्ने प्रदेश सरकारको बाचा

सडक पूर्वाधारले बदलिदै वीरेन्द्रनगर

Leave a comment

Your email address will not be published. Required fields are marked *