बालविवाहले बढायो बहुविवाह


सुर्खेत : वीरेन्द्रनगरकी सपना (नाम परिवर्तन) भर्खर १६ बर्षमा पाइला टेकेकी थिइन् । बुवाआमाले ज्याला मजदुरी गरेर सपनालाई पढाउँथे । तर सपनाले एसईईसम्म पनि पढ्न पाइनन् । कक्षा ९ मा पढ्दै गर्दा विवाह गरिन् । त्यसपछि पढाइ रोकियो । विवाहपछि बर्ष दिनसम्म त हाँसीखुशीले घर व्यवहार धानिन् । दुईबर्ष नपुग्दै सपना र उनका श्रीमान्बीच खटपट सुरु भयो ।

घरपरिवार र श्रीमान्सँग सधै विवाद हुन थालेपछि उनी माइतीमा बस्न थालिन् । श्रीमान्सँगै बस्न नसक्ने निर्णय गरेर माइती पुगेकी उनी त्यसपछि घर फर्किनन् । बालविवाह गरेका कारण श्रीमान्सँग अंशबन्डा पाउने आधार थिएन । छोडपत्र गर्नुपर्ने अवस्था पनि भएन । माइतीमा बस्न थालेको करिव तीन बर्षपछि उनले दोस्रो विहे गरिन् । अब विवाह हुँदैन कि भन्ने त्रासमा दोस्रो विवाह गरेकी सपनाले दोस्रो पटक पनि सोच जस्तो जीवनसाथी पाइनन् । पढाइ पुरा नभएका कारण रोजगारी पाइनन् ।

ज्यालामजदुरी गरेर घरखर्च चलाउनुपर्ने बाध्यता भयो । मजदुरी गरेर आएको पैसा श्रीमान्ले मदिरा खाएर सिध्याउन थाले । जीवन सोचे जस्तो भएन । ज्यालाबाट आएको पैसा बचत गर्न सकिन्छ कि भनेर घरमै मदिरा उत्पादन गरिनन् । तर मदिरा उत्पादन गर्न थालेपछि उनी आफै मदिराको लतमा परिन् । मदिराकै कारण श्रीमान् र श्रीमतीबीच कलह भइरन्छन् । मदिराले मात्तिएका श्रीमान् बाट उनले सयौं पटक कुटाइ खाइसकेकी छिन् । अब श्रीमान्को हिंसा सहेर बस्नु बाहेक उनीसँग अर्काे विकल्प छैन। सानैमम दोस्रो विवाह गरेका कारण हिंसा भोग्ने सपना एउटा प्रतिनिधि पात्र मात्र हुन् । कर्णाली प्रदेशमा बालविवाहका कारण हिंसा भोग्ने किशोरीको संख्या धेरै छ ।

पछिल्लो तीन बर्षको अवधिमा कर्णाली प्रदेशभर तीन हजार चारसय ४३ जना महिला हिंसाको शिकार भएका छन् । उमेर नपुग्मै विवाह गर्ने र वीस बर्ष नाघेपछि बहुविवाह गर्नेको संख्या निकै ठूलो छ । कर्णालीमा तीन बर्षको अवधिमा दुईसय २२ जना महिलाहरुले बहुविवाह गरेका छन् । बहुविवाह गर्ने दुईसय २२ जनाले नै हिंसा भोग्नु परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छन् । बहुविवाहकै कारण हिंसामा परेको भन्दै तीन बर्षको अवधिमा सुर्खेतका ६३ जना, दैलेखका ३०, रुकुमपश्चिमका २३, सल्यानका ४४, कालीकोटका १८, जुम्लाका १३, जाजरकोट, मुगु र हुम्लाका सात–सात र डोल्पाका तीन महिलाले कानूनी उपचारको लागि प्रहरीमा पुगेका छन् ।
घटेन बालविवाह
बालविवाह न्यूनिकरणका लागि विभिन्न सामाजिक अभियानहरु सञ्चालन भइरहेका छन् । कुनैबेला संघसंस्थाहरुले विभिन्न ठाउँ र टोललाई बालविवाहमुक्त घोषणा गरे । बालविवाह न्यूनिकरणका लागि बालक्लवहरु गठन गरिए । तर अहिले पनि बालविवाहको अवस्था उस्तै छ । तथ्याङ्क अनुसार पछिल्लो तीन बर्षको अवधिमा कर्णाली प्रदेशभर ३३ जनाले बालविवाह गरेका छन् ।

बालविवाह गर्नेको संख्या पनि दैलेखमा सबैभन्दाब ढी छ । दैलेखमा १०, सल्यान र सुर्खेतमा नौ–नौ, रुकुपश्चिममा तीन र कालीकोटमा दुई जनाले बालविवाह गरेका छन् । बालविवाह न्यूनिकरण गर्ने उद्देश्यले गठित बालक्लवमा आबद्ध बालविवालकाहरु नै बालविवाह गर्ने गरेको बालबालिकाका क्षेत्रमा कार्यरत रमा आचार्य बताउँछिन् ।

‘बालबिवाह गर्नु हुँदैन भनेर सामाजिक अभियानमा लागेका बालबालिकाहरु नै विवाह गरेका छन्’ उनी भन्छिन्, ‘बाल क्लवमा लागेका अधिकांश बालवालिकाहरु उमेर नपुग्दै विवाह गर्छन्, ठूलो भएपछि तिनै बालविवाह गर्नेहरु हिंसामा परेका छन् ।’ महिलाहिंसाको मुख्य कारण बालविवाह नै भएको उनको दाबी छ ।
बालविवाहले बढायो हिंसा
महिलातथामानव अधिकारीकर्मीहरुले बालविवाहकै कारण महिलाहिंसा बढेको बताएका छन् । लैगिंकहिंसा विरुद्धको १६ दिने अभियान अन्तरगर्त बुधबार इन्सेक कर्णाली प्रदेश कार्यालयले वीरेन्द्रनगरमा आयोजना गरेको लंैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका छन् ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्टले बालविवाहकै कारण महिलाहिंसा बढेको बताइन् । बालविवाहको अन्त्य र छोरा र छोरीमा समान यवहार नभएसम्म महिलाहिंसा नरोकिने बताइन् । वीरेन्द्रनगर –२ का वडाध्यक्ष बलबहादुर रोकायाले पनि बालविवाह नै हिंसाको मुख्य कारण भएको बताए । भेरी नगरपालिका जाजरकोटका कार्यपालिका सदस्य पार्वती विकले महिलाहिंसा र बालविवाह अन्त्यका लागि राज्यको लगानी गर्नुपर्ने बताइन् ।

‘बालविवाहका कारण बर्सेनि घरलु हिंसाका घटनाहरु बृद्धि हुँदै गएको छ, तर हिंसा न्यूनिकरणका क्षेत्रमा राज्यले हालसम्म लगानी गरेकै छैन’ उनले भनिन्, ‘बालविवाह न्यूनिकरण नभएसम्म हिंसा हट्दैन ।

’उनले पनि बालविवाहकै कारण महिलाहिंसाका घटना बढेको बताइन् । दलित महिला संघ मानव अधिकार समूह सुर्खेतको समन्वयमा कार्यक्रममा भएको महिला अधिकारकर्मी, सुरक्षा निकायका प्रतिनिधि र वीरेन्द्रनगर–२ कोलडाँडाका स्थानीयहरुको सहभागिता रहेको थियो ।

बालविवाहले बढायो बहुविवाह

बालविवाहको चपेटामा किशोरीहरु

बालविवाहले बढायो बहुविवाह

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *