मेची अस्पतालमा सिटी स्क्यान र अक्सिजन प्लान्ट सञ्चालन

झापा । मेची अस्पतालमा भद्रपुरमा शनिवारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ । प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले शनिवार एक कार्यक्रमबीच अस्पतालको सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन्। मन्त्री साम्सोहाङले अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको पनि उद्घाटन गरेका हुन् ।

प्रदेश १ सरकारको गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्टाएको ५ करोड १४ लाख ५७ हजार रुपैयाँ बजेटबाट सिटी स्क्यान र एक करोड बजेटमा अक्सिजन प्लान्टका जडान गरिएको दुवै सेवा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाह्रकोटीले जानकारी दिए ।

सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि दुर्घटनामा परी टाउकोमा चोट लागेका वा टाउकोको अन्य समस्या भएका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको डा। बाह्रकोटीले बताए। त्यस्तै‚ दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट सेवा सञ्चालन भएपछि कोभिड वा नन(कोभिड भएका बिरामीलाई चाहिने अक्सिजनको समस्या पनि टरेको उनको भनाइ छ ।

मेची अस्पतालमा सिटी स्क्यान र अक्सिजन प्लान्ट सञ्चालन

कर्णालीमा अर्बौं लगानी, तर शून्य उपलब्धि

मेची अस्पतालमा सिटी स्क्यान र अक्सिजन प्लान्ट सञ्चालन

ईपीएल फाइनल : चितवनविरुद्ध पोखरा ब्याटिङमा

Leave a comment

Your email address will not be published. Required fields are marked *