१० लाख डोज कोभिसिल्ड खोप आज आउँदै

काठमाडौं । सेरम इन्स्टिच्युट अफ इन्डियासँग सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आज आउने भएको छ । नेपालर सरकारले साढे सात महिनाअघि खोप खरिद गरेको थियो ।

खोप शनिबार दिउँसो साढे २ बजे काठमाडौँ आइपुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासाखा अन्तर्गत खोप शाखा प्रमुख डा. सागर दालालले बताए ।






