उत्तर कोरियामा नयाँ कानून : विदेशी लुगा वा सिनेमा हेरे मृत्युदण्ड

काठमाडौं । उत्तर कोरियाली शासक किम जाेन उनले देशमा कडा कानून लागू गर्ने भएका छन्। विशेष गरि युवाहरुलाई लक्षित गरेर ल्याउन लागिएको कानूनमा विदेशी लुगा वा सिनेमा हेर्न पाइने छैन। यदि कसैले कानूनविपरीत व्यवहार देखाए मुत्युदण्ड पाउनेछ   ।

नेता किमले नयाँ कानून जारी गर्ने तयारीमा छन्। नयाँ कानून पारित भए कुनै पनि नागरिकले विदेशी लुगा लगाउने र विदेशी सिनेमा हेर्न पाउने छैनन्। नयाँ कानूनमा नागरिकका घरमा अमेरिका, जापान तथा दक्षिण कोरियाका भिडियो वा पत्रिका पाए, उनीहरूलाई पनि मृत्युदण्ड दिने व्यवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शासक किमले हालै सरकारी सञ्चारमाध्यमहरूलाई एक पत्र पठाएका थिए। सो पत्र विशेष गरी युवा लक्षित थियो। किमको पत्रमा युवालाई ‘अप्रिय, व्यक्तिवादी, समाजविरोधी’को पछि लाग्दा समय बर्बाद हुने उल्लेख छ। नयाँ कानून बनेपछि अब युवाहरूलाई यस्तो कार्यमा संलग्न हुन पाउने छैनन्। किमले विदेशी भाषण नसुन्ने र विदेशी हेयर स्टाइल नराख्न पनि निर्देशन दिएका छन्  ।

उत्तर कोरियामा नयाँ कानून : विदेशी लुगा वा सिनेमा हेरे मृत्युदण्ड

फ्रान्सका राष्ट्रपति माक्रोंमाथि झापड

उत्तर कोरियामा नयाँ कानून : विदेशी लुगा वा सिनेमा हेरे मृत्युदण्ड

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा १७

Leave a comment

Your email address will not be published. Required fields are marked *